वीरगंज । सशस्त्र प्रहरी पर्सा का सशस्त्र प्रहरी उपरीक्षक स्व.सुमन थपलियाको निधन प्रति हार्दिक श्रद्धाञ्जली सभा कार्यक्रम भएको छ। वीरगंज स्थित चिनिमिलना अवस्थित सशस्त्र प्रहरी १३ नं गण पर्सा का स्व. सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको श्रद्धाञ्जली सभामा सशस्त्र प्रहरी iGP राजु अर्याल, वीरगंज महानगरपालिका का नगर प्रमुख राजेशमान सिंह, वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम, जगरनाथपुर गाउँपालिका का प्रमुख श्रीकान्त यादव,
वीरगंज उधोग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल,नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अशोककुमार टेमानी, वीउवासङ्घका निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ता, पूर्व अध्यक्ष प्रदीपकुमार केडिया, पूर्व अध्यक्ष अशोककुमार वैध, उपाध्यक्ष मनोजकुमार दास सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह, सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय माधव राजपाल र मनोजकुमार दास, कोषाध्यक्ष शिवजीप्रसाद साह लगायत उद्योगी लगायतका व्यक्तिहरुले सशस्त्र प्रहरी उपरीक्षक स्व.सुमन थपलियाको चर्चा गर्दै उहाको तस्विरमा टिका र माल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गरेका थिए।
सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको भदौ २ गते शनिबार का दिन मध्याह्न साढे १२ बजे हृदय घातबाट व्योधा आस्पतालमा ४४ वर्षको उमेरमा अल्पायुमैं निधन भएको थियो। २०६० सालमा सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थपलिया विवाहित हुन् । उनले समाजशास्त्र र सैनिक विज्ञानमा स्नातकोत्तर गरेका थिए । काठमाडौं–१० टोखामा बसोबास गर्ने थपलिया केही महीनाअघि पर्सामा सप्रउको जिम्मेवारी लिएर आएका थिए ।