वीरगंज । विधार्थीको चौतर्फी ज्ञानको वृद्धि गर्ने उदेश्य लिएर आज वीरगंज माहानगरपालिका वडा नं १७ अलौं स्थित श्री द्वार देवी माध्यमिक विधालयमा रक्षा बन्धन बनाउने प्रतियोगिता सप्पन्न भएको छ।
शिक्षा को साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरु रुचि बढाउन रक्षा बन्धन बनाउने प्रतियोगिता को आयोजना गरिएको छ। सो प्रतियोगिता मा प्रथम स्थान कक्षा १० कि अदिती उपाध्यय ले प्राप्त गरेकी छिन ।
त्यस्तै दोस्रो स्थान , तेस्रो स्थान क्रमश अनिता पटेल र सपना गुप्ता ले प्राप्त गरेका छन । बिरगंज का सामुदायिक बिधालय यस्ताअतिरिक्त क्रियाकलाप ले विद्यार्थीहरु मा नयां नयां कुराहरु सिक्न मदत गर्ने छ।