वीरगंज । वीरगन्ज महानगरपालिका वडा नं.२ बस्ने एउटा समुदाय विशेषका वासिन्दाहरुले छपकैया नेपाली समाज गठन गरेपछि तीव्र प्रतिक्रिया उत्पन्न भएको छ ।छपकैया नेपाली समाजको कार्यसमितिमा रहेका वाहेकहरु कुन समाजको व्यक्ति हुन त्यो प्रश्न चिह्न खडा भएको छ । साझा चरित्रकाे पदमा विराजमान वीरगन्ज नगरपालिकाका नगरप्रमुख र उप-प्रमुख आज छपकैया नेपाली समाजकाे कार्यालय उद्धाटनमा गएको फोटोहरु समाजिक संजालमा पोस्ट याइएको देखें पछि प्रतिक्रिया लिएका छौ। छपकैया वडा नं.२ बस्ने डा सुष्मा तिवारीले हामी नेपाली समाजमा पर्छौ की पर्दैनौ यो प्रश्न खडा भएको छ? प्रवासमा बस्दा छरिएर बसेका नेपाली हरूले नेपाली समाज बनाएको सुनेका थियौं। यहाँ त एउटा टोलमा बसेका एउटा वर्ग विशेषले बनाएको नेपाली समाजले मिलेर बसेको समाजलाई रेखांकन गर्न खोजेको जस्तो देखियो डा सुष्माले बताउनुभयो।
वरिष्ठ पत्रकार सत्रुघन नेपालले पहिला छपकैया गुठी राखिएको थियो अहिले नाम बदलेर के गर्न खोजेका हुन त्यो आफुलाई थाहा नभएको बताउँदै छपकैया बस्ने जम्मै नेपाली भएको बताए। वीरगन्जका चर्चित स्तम्भकार कुमारबन्धु रुपाखेतीले यो गलत कार्य भएको टिप्पणी गर्दै एउटा वर्ग विशेष का जमातले आफुहरु लाई मात्र नेपाली ठान्नु र अन्य लाई विदेशी देख्नु दृष्टिदोष भएको बताउनु भयो। रुपाखेतीले सार्वजनिक पद धारण गरेका व्यक्ति हरुले समाज विभाजन गर्न खोज्ने संघ संस्था सँग दुरी कायम गर्दा वहाँहरुलाइ नैं फाइदा हुने प्रतिक्रिया दिनु भयो।
नागरिक समाजका अग्रज एवम् मधेस विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यले समेत देश भित्र नेपाली समाज बनाउनलाई राम्रो मान्न नसकिने प्रतिक्रया दिए । नेपाली समाजमा जात, धर्मका कारण साम्प्रदायिक ध्रुविकरण तिव्र भईरहेका वेलामा सबै महानगरवासीका मेयर र उप-प्रमुखले नै समाजको उद्धाटन र भौतिक सामाग्री उपलब्ध गराएर ध्रुविकरणलाई मलजल गरेको भन्दै समाजका अगुवाहरुले चिन्ता व्यक्त गरेका छ्न । मेयर र उप-प्रमुख पुर्वाग्रह भन्दा माथि सबैको मेयर हुनुपर्ने वैद्धिक वर्गको सुझाव छ । सबै नागरिकको मेयर र उप-प्रमुख हुनु पर्नेमा उनिहरु कै कारण समाजमा विभाजनको रेखा कोरिनु उचित नभएको प्रतिक्रिया सामाजिक संजालमा व्याप्त छ । यस सन्दर्भमा उप-मेयर इम्तियाज आलमले जिल्ला प्रशासन कार्यालय पर्साले संस्था दर्ता गरेको प्रमाणपत्र दिएकोले उद्धाटन कार्यक्रममा आफु मेयर सँगै सहभागी भएको प्रतिक्रिया दिए ।