• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रतिनिधिसभा अन्तर्गतका ९ वटा समितिका सभापति निर्विरोध

  • वीरगंज संजाल
  • Aug 28, 2023, 11:34 am
  • ४४९

    वीरगंज । प्रतिनिधिसभाका दसमध्ये नौ विषयगत समिति सभापति निर्विरोध चयन हुने निश्चित भएको छ । प्रतिनिधिसभा सचिवालयले जारी गरेको निर्वाचन कार्य तालिकाभित्र दसमध्ये नौ सभापतिमा एकल उम्मेदवारी दर्ता भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भने दुई जनाको मनोनयन दर्ता भएको छ । एकल उम्मेदवारीले निर्विरोध भए पनि घोषणा भने सम्बन्धित समितिले सोमबार मात्र गर्ने छन् । प्रतिनिधिसभा नियमावलीको नियम १७६ (४) बमोजिम एक मात्र मनोनयन दर्ता भएमा निर्विरोध हुने व्यवस्था छ । प्रमुख राजनीतिक दलहरूले समिति सभापतिमा भागबन्डा गरेका छन् । प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका अन्य दलले सभापतिमा भागबन्डा पाएका छन् । अन्तिम समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समितिमा भाग पाएको छ । नेकपा (माओवादी केन्द्र) ले पाएको दुई समितिबाट एउटा राप्रपाले पाएको हो । समितिको नेतृत्वमा राजनीतिक सहमति नभएपछि रास्वपाले भने एउटामा मनोनयन दर्ता गरेको छ । प्रतिनिधिसभा सचिवालयका अनुसार नेपाली काङ्ग्रेसका तर्फबाट तीन समितिमा उम्मेदवारी परेको छ । काङ्ग्रेसबाट राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, अर्थ समितिमा सन्तोष चालिसे र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणाको उम्मेदवारी परेको छ । तीनै समितिमा एक उम्मेदवारी परेको छ ।

    यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सार्वजनिक लेखासहित दुई समितिमा उम्मेदवारी दिएको छ । लेखामा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साहले उम्मेदवारी दिएका छन् । लेखा प्रतिपक्ष दलले पाउने संसदीय मान्यता अनुसार एमालेले पाएको हो । एमालेले उम्मेदवारी दिएका समितिमा पनि एकल मनोनयन परेको छ । यस्तै माओवादी केन्द्रले कानुन न्याय तथा मानव अधिकार समितिमा विमला सुवेदीलाई उम्मेदवार बनाएको छ । सुवेदीको पनि एकल मनोनयन परेको छ । यस्तै राप्रपाले पूर्वाधार विकास समितिमा दीपक सिंहलाई उम्मेदवार बनाएको छ । सिंहको पनि एकल उम्मेदवारी दर्ता भएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी) को भागमा परेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भानुभक्त जोशीको उम्मेदवारी परेको छ । जोशीको पनि एकल मनोनयन परेको छ । यस्तै जनता समाजवादी पार्टी नेपालले पाएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा राज किशोर यादव सभापतिको उम्मेदवार बनेका छन् । यादवको पनि एकल मनोनयन परेको छ । जनमत पार्टीले पाएको उद्योग तथा वाणिज्य समितिमा भने दुई जनाको मनोनयन दर्ता भएको छ । उद्योगमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ । दुईबिच सोमबार निर्वाचन हुने छ ।

    दुई पूर्व मन्त्रीको उम्मेदवारी

    विषयगत समितिमा दुई पूर्व मन्त्रीको उम्मेदवारी परेको छ । संसदीय समिति सभापतिले राज्यमन्त्रीसरहको सेवा सुविधा पाउने कानुनी व्यवस्था छ । यसअघि मन्त्री भइसकेका राज किशोर यादव र अब्दुल खानको सभापतिमा उम्मेदवारी परेको हो । प्रतिनिधिसभा सदस्यहरूको शपथ भएको आठ महिनापछि विषयगत समिति सभापति चयन हुन लागेका हुन् । २०७९ पुस २५ गते प्रतिनिधिसभाको अधिवेशन प्रारम्भ भएको थियो । यस्तै वैशाख १५ मा समिति गठन भएका थिए । ज्येष्ठ सदस्यको अध्यक्षतामा जेठ २ गते सबै समितिको पहिलो बैठक बसेको थियो । यस्तै सङ्घीय संसद्को दुई संसदीय समिति सभापति चयनको प्रक्रिया पनि सुरु भएको छैन । यसअघि गठन भएका दुई समितिमध्ये संसदीय सुनुवाइ ज्येष्ठ सदस्यको अध्यक्षतामा सक्रिय भइरहेको छ । संसदीय सुनुवाइको नेतृत्व सत्तारूढ काङ्ग्रेसले पाउने राजनीतिक सहमति छ । समितिमा काङ्ग्रेसले जीवन परियारलाई उम्मेदवार बनाउने आन्तरिक समझदारी गरिसकेको छ । यस्तै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व प्रमुख प्रतिपक्ष एमालेलाई दिने सहमति छ । एमालेले विमला घिमिरेलाई समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑