वीरगंज । रामनिवाश कुमार पटेल । प्रदेश स्तरीय नमूना युवा संसद स्थापना टाँथा अभ्यास कार्यक्रम २०८० मा वीरगञ्जका दिवश सर्राफ सत्तापक्ष दलको नेतामा निर्वाचित भएका छन् । मुख्य मन्त्रीको सपत्त लिएर ३ दिन सम्म नमूना मुख्यमंत्री पदको जिम्मेवारी लिएका छन् ।
सो कार्यक्रम राष्ट्रिय युवा परिषद र मधेश प्रदेश समाज कल्याण मन्त्रालयको युवा सहभागिता तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत आयोजित गरिएको थियो। कार्यक्रमको आयोजक समितिमा प्रदेश युवा सञ्जालमा सदस्य हरु रहनु भएको थियो। ५ मन्त्री सहितको नमूना सरकार बनेको थियो भने प्रतिपक्ष दलको नेतामा देवेन्द्र यादव हुनुहुन्थ्यो।
नमूना युवा तथा खेलकुमन्त्री :अब्दुल सलाम (रौतहट ) , नमूना भौतिक तथा पूर्वाधार मन्त्री : स्नेह सापकोटा ( पर्सा) नमूना कानुन तथा संसदीय मामिला मन्त्री : अमित साहनी ( रौतहट) नमूना अर्थ मंत्री : अञ्जु शाह नमूना शिक्षा, स्वस्थ तथा महिला मन्त्री : सृष्टि चौधरी
मन्त्रालयको आयोजना र प्रदेश युवा संजाल मधेस प्रदेश राष्ट्रिय युवा परिषद्को सहकार्यमा प्रदेश स्तरीय ३ दिवसीय नमूना युवा संसद अभ्यास कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।मधेस प्रदेश नमूना युवा संसद कार्यक्रमको समापन समारोहमा उद्योग वानिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साहको पनि उपस्थिती रहेको थियो ।