वीरगंज । बलिउड अभिनेत्री दिशा पटानीले हालै एक उच्च प्रोफाइल बलिउड अवार्ड इभेन्ट्समा भाग लिएकी थिइन । यस अवसरमा उनले लगाएको ड्रेस चर्चामा छ । उनी एक राम्री अभिनेत्री मानिन्छिन् । छिटै फिल्ममा पनि देखिँदैछिन् । आफ्नो ग्रेस र ग्ल्यामरले दिशा पटानीले फेसन र फिल्मको संसारमा छुट्टै स्थान बनाएकी छन् । उनी हट तथा बोल्ड फेसन सेन्सका लागि चर्चित छन् । बोल्ड लुक्सले गर्दा चर्चामा आइरहिन्छन् । हालै दिशा पटानीले एउटा बोल्ड तथा हट गुलाबी ड्रेसमा फोटोशुट गरेकी छन् । जसमा उनी एकदमै हट तथा सेक्सी देखिएकी छन् ।
उनको यो ड्रेस तान्या घावरीले बनाएकी हुन् । उनले कयौं फिल्ममा काम गरिसकेकी छन् । पछिल्लो पटक उनी एक भिलेन २ मा देखिएकी थिइन । यस फिल्ममा उनीबाहेक अर्जुन कपुर र जोन अब्राहम पनि मुख्य भूमिकामा थिए । उनले सलमान खानसँग पनि काम गरिसकेकी छन् ।
केही समय अघि दिशा पटानीको अभिनेता टाइगर श्राफसँग ब्रेकअप भएको थियो । दुवै लामो समयदेखि सम्बन्धमा थिए ।