वीरगंज । सर्लाहीको पश्चिमी भेगस्थित गोडैता नगरपालिका-८, मा रहेको श्री वेणी भोला नमूना माध्यामिक बिद्यालयले एक सूचना जारि गर्दै २४ दिन बिद्यालय बर्षे बिदा दिएको छ। गएको मंगलबार विद्यालयमा अतिरिक्त शुल्कको विषयमा विवाद भई शिक्षक, विद्यालय प्रशासन र विद्यार्थीबीच त्रिपक्षीय झडप हुँदा बिद्यालय बिगत ६ दिन देखि नै बन्द रहेको थियो।
उक्त घटनाको छलफलका लागि बसेको बिद्यालय ब्यबस्थापन समितिको बैठकले असार ३१ गते देखि श्रावन २३ गते सम्म बर्षे बिदा दिने निर्णय गरेको उक्त सूचनामा उल्लेख गरिएको छ। सूचनामा भनिएको छ, शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्रमुख ज्युको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको साथै जेठ महिनामा अत्याधिक गर्मीका कारण नगरपालिकाबाट ६ दिनको गर्मि विदा दीएको र उक्त बिदा लगभग एक महिनाको हुने बर्षे विदाबाट काटेर २४ दिन दिइएको उक्त सूचनामा उल्लेख गरिएको छ।
बिद्यालयमा अब यहि श्रावन २४ गतेबाट पुन: पठनपाठन गरिने उक्त सूचनामा भनिएको छ। उक्त घटेको घटनाको अनुसन्धानका लागि ७ जनाको समिति गठन गरि घटनाको सत्य तथ्यको प्रतिबेदन १० दिन भित्र बुझाउने गरि समिति गठन गरिएको प्रधानाध्यापक रामचन्द्र चौधरीले जानकारी दिनु दियो।