• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको बहुदरमाई नगरपालिकाले बजेट सिद्ध्याउने अर्को कर्मकाण्डी कार्यक्रम

  • वीरगंज संजाल
  • १ श्रावण २०८०, सोमबार १४:२२
  • १३९७

    वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाले बजेट सिद्ध्याउने अर्को कर्मकाण्डी काम गरेको छ । आर्थिक वर्ष अन्त्य हुनुभन्दा ठिक एक दिन पूर्व नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेर बजेट सिद्ध्याउने कर्मकाण्डी काम गरेको हो । वर्षभरिमा कम्तीमा पनि चार पटक सार्वजनिक सुनुवाइ गर्नुपर्नेमा बहुदरमाई नगरपालिका त्यस्तो नगरी सोझै आर्थिक वर्ष अन्त्य हुनुभन्दा एक दिन पूर्व पहिलो पटक सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरे बजेट सिद्ध्याउने काम गरेको स्थानीयहरूले गुनासो गरेका छन् । नेपाल सरकारको सार्वजनिक सुनुवाइ सम्बन्धी कार्यविधिमा अनुसार स्थानीय तहहरूले आर्थिक वर्षभरिमा कम्तीमा पनि प्रत्येक चार महिनामा एक पटक सार्वजनिक सुनुवाइको कार्यक्रम गर्नुपर्ने हुन्छ । त्यस्तो सार्वजनिक सुनुवाइको क्रममा सेवाग्राही समक्ष प्रतिबद्धता जनाएका कुराहरू पूरा गर्न कार्यालयले गरेका प्रयासहरूबारे जानकारी दिनु पर्दछ ।

    यद्यपि सहयोगी नेपाल नामक संस्थाको सहजीकरणमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा त्यस्तो नभएको कार्यक्रममा सहभागी एक स्थानीयले बताए । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित बहुदरमाई नगरपालिकाका प्रमुख (मेयर) सिंहासन साह तेलीले आफ्नो पार्टीका कार्यकर्ता पोस्न उक्त कार्यक्रम गरेको बुझिएको छ । स्रोतका अनुसार सार्वजनिक सुनुवाइको सहजीकरण गर्ने संस्था सहयोग नेपाली उनकै पार्टीका एक जना कार्यकर्ताले चलाउने गरेका छन् । बहुदरमाई नगरपालिका वडा नम्बर ३ फुलकवलमा भएको कार्यक्रममा कार्यविधिका अन्य प्रावधानहरू पनि लत्त्याइएको थियो । जस्तै सार्वजनिक सुनुवाइ गर्नु पूर्व स्थानीयहरूलाई त्यसको बारेमा जानकारी गराउन व्यापक प्रचारप्रसार गर्नुपर्ने हुन्छ । तर, बहुदरमाई नगरपालिकामा सार्वजनिक सुनुवाइ गर्दा त्यस्तो नगरिएको भेटिएको छ ।

    त्यस्तै कार्यक्रममा सहभागीमध्ये अधिकांश मेयर तेलीका आसेपासे र जसपा पार्टीका कार्यकर्ताहरू मात्र थिए । ‘आर्थिक वर्षको अन्त्यमा भए पनि आफ्ना कार्यकर्तालाई थोरै पैसा कमाउने मौका दिऊँ भन्ने उद्देश्यका साथ मेयर तेलीले सार्वजनिक सुनुवाइ कार्यक्रमको जिम्मा सहयोगी नेपाललाई दिएका हुन्,’ नाम नखुलाउने सर्तमा नगरपालिकाका एक कर्मचारीले यात्रा डेलीलाई भने, ‘हतार हतारमा सम्पूर्ण कागजी प्रक्रियासमेत पूरा नगरी कार्यक्रम गरिएको छ ।’ ती कर्मचारीका अनुसार कार्यक्रममा जनप्रतिनिधिसँग सोधिएका अप्ठ्यारा प्रश्नहरूको जवाफ पनि फर्काइएन । बहुदरमाई नगरपालिकाले गर्ने अन्य सामाजिक कार्यक्रमहरूमा समेत व्यापक अनियमितता भएको गुनासो आएको छ । महिला, युवा, कृषकलगायतको क्षमता अभिवृद्धि र सशक्तीकरणका लागि नगरपालिकाको बजेटबाट हुने कार्यक्रमहरू कागजमै सीमित भएको गुनासो समेत आउने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑