वीरगंज । तीन थान भरुवा बन्दुक सहित सहिद लखन गाउँपालिका-९ नामजुङबाट ३ जना पक्राउ परेका छन् । नामजुङका २४ वर्षीय सन्दीप भुजेल, ३३ वर्षीय पर्वतबाबु थापा र ४८ वर्षीय कुलबहादुर घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अवैध रुपमा लुकाइछिपाइ भरुवा बन्दुक राखेको सूचनाको आधारमा घर खनतलासी गर्दा १/१ थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।
भरुवा बन्दुकसहित पक्राउ परेकाहरूलाई आइतबार जिल्ला अदालत गोरखामा हातहतियार तथा खरखजना कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।