• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको वीरगंज महानगरमा सबैभन्दा बढी एचआइभी संक्रमित

  • वीरगंज संजाल
  • ३० असार २०८०, शनिबार १८:२७
  • २७५३

    वीरगंज । एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालको सहयोगमा वीरगन्जको नारायणी अस्पतालको एआरटी सेवा प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षको अन्तिम अवस्थामा एएचएफ नेपालले एक वर्षमा गरेका गतिविधिका विषयमा शनिबार वीरगन्जमा एक कार्यक्रम गगरेर स्थानीय परियोजना परामर्श समितिलाई जानकारी गराएको छ । एएचएफ नेपालका पर्सा जिल्ला प्रतिनिधि आशिष गुरागाँइका अनुसार नारायणी अस्पतालको एआर टी सेवाबाट हाल १ हजार २८४ जनाले नियमित रुपमा सेवा लिइरहेका छन् । जसमध्ये पर्सा जिल्लाका मात्रै सबैभन्दा धेरै ७५२ जना रहेका छन् ।
    बारा जिल्लाका ३४२ जना, रौतहटका ९८, सर्लाहीका ८५ जना, मकवानपुरका ४ जना र धनुषाका ३ जनाले नारायणी अस्पतालको एआरटी सेन्टरबाट सेवा लिइरहेको उनले बताए । वीरगन्जको आदर्शनगरस्थित होटल लर्डस दियालोमा बसेको परियोजना परामर्श समितिको बैठकमा गुरागाईँले प्रस्तुत गरेको तथ्याङ्कअनुसार पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी वीरगन्ज महानगरपालिकामा एचआइभी सङ्क्रमित रहेका छन् । महानगरपालिकामा २ सय ४८ जना सङ्क्रमितले सेवा लिँदा सबैभन्दा कम ठोरी गाउँपालिकाका १४ जनाले लिइरहेका छन् । बैठकलाई सम्बोधन गर्दै एएचएफ नेपालका कन्ट्री प्रोग्राम म्यानेजर दिब्यराज जोशीले स्थानीय तह एवम् अन्य साझेदार संस्थाहरूको सहयोगमा संस्थाले गरिरहेका कामले सकारात्मक नतिजा दिएको बताए ।

    एचआइभी लागेपछि समाजले हेर्ने दृष्टिकोण बदल्नुपर्ने आवश्यकता औँल्याउँदै जोशीले हेय भन्दा पनि प्रेमको दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिए । एचआइभी सङ्क्रमित आमाले जन्माएको सन्तानको परीक्षण गर्दा सङ्क्रमण नदेखिने अवस्थामा पुगेकोमा खुसी व्यक्त गर्दै उनले सहज र सरल ढङ्गले एचआइभी सङ्क्रमितले सेवा पाउनुपर्ने अवस्थाको निर्माण गर्नुपर्ने धारणा राखे । अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा एचआइभीको सङ्क्रमण धेरै देखिएको हुँदा सीमा क्षेत्रसँग जोडिएका क्षेत्रमा सचेतनाको अभियानलाई तीव्रता दिनुपर्ने जोशीको भनाई छ । एएचएफ नेपालले एचआइभीसँगै अन्य यौनरोगका क्षेत्रमा पनि काम गर्ने योजनाका साथ अघि बढी रहेको उनले बताए । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले संस्थासँगको सहकार्यमा अस्पतालले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले एआरटी सेवाका लागि स्थान अभावको समस्या केही समयभित्रै समाधान गर्ने बताएका छन् । त्यस्तै वीरगन्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका संयोजक रितेश जैसवालले पनि संस्थासँग हातेमालो गरेर काम गर्ने बताए । महानगरपालिकाले सस्तो र सर्वसुलभ मूल्यमा प्रयोगशाला स्थापना गर्न लागेको जानकारी गराउँदै उनले त्यसमा एचआइभीको परीक्षण पनि गर्ने व्यवस्था मिलाइने बताए ।

    एआरटी सेन्टरकी इन्चार्ज सरिता श्रेष्ठले एचआईभिको क्षेत्रका काम गर्दा चुनौती भएपनि त्यसलाई अवसरको रुपमा लिएर काम गरीरहेको बताइन् । एएचएफ नेपालको सहयोगले एआरटी सेवा प्रभावकारी रुपमा चलीरहेको बताउँदै उनले आफ्नो अवकाशपछि पनि एएचएफ नेपालको यस्तै सहयोगले निरन्तरता पाइरहने विश्वास व्यक्त गरिन् । नर्सिङ् प्रशासक श्रुती साहले एएचएफ नेपालकै सहयोगका कारण एआरटी सेवा प्रभावकारी भइरहेको प्रतिक्रिया दिइन् । एआरटी सेवा गुणस्तरीय एवम् विश्वसनीय बनाउनमा एएचएफ नेपालको भूमिकाको सह्राना गर्दै उनले स्वास्थ्य मन्त्रालयबाट गरिने न्यूनतम सेवा मानक मा पनि एआरटीले शतप्रतिशत अंक ल्याउन सफल भएको जानकारी गराइन् । कार्यक्रममा एआरटी सेन्टरका फोकल पर्सन नारायणी अस्पतालका वरिष्ठ छाला तथा चर्म रोग विशेषज्ञ डा. अतुलेश कुमार चौरसिया, वीरगन्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुर, स्वास्थ्य कार्यालय पर्साका विनोद झालगायतको उपस्थिति रहेको थियो । एएचएफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण एएचएफ नेपालका पर्सा जिल्ला प्रतिनिधी आशिष गुरागाँईले नै गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑