• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज नारायणी अस्पतालको फार्मेसीबाट बिरामी ठगिदै

  • वीरगंज संजाल
  • ३० असार २०८०, शनिबार १५:०८
  • १९६५

    वीरगंज । वीरगन्जस्थित नारायणी अस्पतालमा रहेको अस्पतालको फार्मेसीले स्वास्थ्य बीमा गराएका व्यक्तिलाई बिक्री गर्ने औषधिमा ठगिरहेको समाचार सार्वजनिक भएको छ । स्वास्थ्य बीमा गराएका व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुसार औषधि खरीद गर्न फार्मेसीमा जाँदा बजार मूल्यभन्दा दोब्बर मुल्यमा फार्मेसीले बिक्री गरेको पाइएको छ । अस्पताल हाताभित्र रहेको फार्मेसी, साझा औषधिपसल र अस्पतालबाहिर रहेका निजी औषधिपसलमा एउटै औषधिको मूल्य फरकफरक भेटिएका छन् । केही वर्षअघि निजी औषधिपसलेले सर्वसाधारणलाई ठगेको गुनासोको आधारमा नेपाल सरकारले अस्पतालभित्रै साझा औषधिपसल खोल्न लगाएको थियो । त्यसपछि देशभरिका अस्पताललाई फार्मेसी सञ्चालन गर्न अधिकार दिएको थियो । बिरामीहरू पनि ढुक्क भएर अस्पतालकै फार्मेसीबाट औषधि किन्ने गरेका छन् तर सुपथ मूल्यमा गुणस्तरीय औषधि बिक्रीको लागि खोलिएको अस्पतालको फार्मेसीबाट नै बिरामीहरू ठगिन थालेका छन् ।

    अस्पतालको फार्मेसीमा आइआरएल ५०० एमएलको मूल्य प्रतिबोतल ६३ रुपैयाँ पर्छ भने साझा स्वास्थ्य सेवा पसलमा ६१ रुपैयाँ पर्ने गरेको छ । त्यहि औषधि निजी औषधि पसल विवेक मेडिकल हलमा ५३ रुपैयाँ पर्ने गरेको छ । निजी पसलमा केनुलाको मूल्य २० रुपैयाँ पर्छ भने साझाको पसलमा ३३ तथा नारायणी अस्पतालको फार्मेसीमा भने ४५ रुपैयाँमा बिक्री भइरहेको बिरामीहरूले बताएका छन् । सले सबै औषधिमा मूल्य बढाएर अस्पतालको फार्मेसीले बिरामीहरूलाई ठगिरहेको खुलाशा भएको हो अस्पतालको विकास र बिरामीहरूलाई थप आर्थिक भार नपरोस् भनेर खोलिएको अस्पतालको फार्मेसीले ठगीधन्दा शुरू गर्दा पनि सरोकारवाला निकाय भने मौन देखिएका छन् । ठगीबाट उठेको रकममा चिकित्सक र कर्मचारीहरूले भागबन्डा पाउने गरेको स्रोतले जनाएको छ ।

    स्रोत अनुसार फार्मेसीमा काम गर्ने कर्मचारीहरूले बाहिरबाट लाखौं रुपियाँका औषधि आफैंले किनेर ल्याउने, प्रणालीमा प्रविष्ट नगर्ने, बिल पनि नदिने तर औषधि बिक्रीको रकम आफ्नो गोजीमा राख्ने गरेका छन् । हतारमा आएका बिरामीका कुरुवाले पैसा दिई औषधि लैजान्छन् तर कर्मचारीले बिल पनि दिंदैनन् ।फार्मेसीका कर्मचारीहरूले दैनिक हजारौं रुपियाँ अवैध तरीकाले कमाइरहेको स्रोतको भनाइ छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साहले भने फार्मेसीमा औषधिको मूल्य फरक नरहेको बताए ।फार्मेसीबाट स्वास्थ्य बीमा गराएका व्यक्तिलाई औषधि दिंदा नेपाल सरकारले बनाएको मापदण्ड तथा मूल्यसूची अनुसार औषधि बिक्री हुने गरेको दाबी उनले गरे । उनले औषधिको मूल्य फरक भएको खण्डमा समस्या समाधानतर्फ लाग्र्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑