वीरगंज । रामनिवास कुमार पटेल । इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाई नेपालले वीरगञ्जमा पनि आफ्नो सेवा सुरु गरेको हो । अब वीरगञ्जका प्रयोगकर्ताले वाइफाई नेपालको ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज खरिद गर्न सक्नेछन् । बिहीबार एक कार्यक्रमका बिच वाइफाई नेपालले आदर्शनगरमा आफ्नो सम्पर्क कार्यालयको पनि उद्घाटन गरेको छ ।
कार्यालयको प्रमुख अतिथि एवम् ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानलगायतले रिबन काटेर उद्घाटन गरेका थिए । आदर्शनगर चोक हुँदै ठाकुरराम क्याम्पस जाने बाटोमा अवस्थित वाइफाई नेपालको कार्यालयमा पुगेर ग्राहकले कम्पनीबाट उपलब्ध भइरहेको मासिक ३३३ रुपैयाँमा ५० एमबीपीएस र मासिक ५०० रुपैयाँमा ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज खरिद गर्न सक्ने छन् । प्याकेजहरू लिन ग्राहकले न्यूनतम तीन महिनाको शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । प्याकेजअन्तर्गत कम्पनीले एउटा सिङ्गल ब्यान्ड राउटरपनि उपलब्ध गराउने जनाएको छ । त्यस्तै कम्पनीसँग ६ र १२ महिनाका प्याकेजहरू पनि उपलब्ध छन् ।
नयाँ ग्राहकले १२ महिनाको लागि ५० एमबीपीएसको प्याकेज खरिद गर्दा ५५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ भने ८० एमबीपीएसको प्याकेज खरिद गर्दा ७५ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त कम्पनीले ग्राहकसँग अन्य कुनै पनि शुल्क नलिने प्रमुख कार्यकारी अधिकृत सत्रुधन पञ्जियारले बताए । पहिलो चरणमा वीरगञ्जको सहरी क्षेत्रमा सेवा विस्तार गरेको कम्पनीले क्रमशः परवानीपुर, पोखरिया, ड्राइपोर्ट र जिल्लाका अन्य ग्रामीण भेगमा समेत सेवा विस्तार गर्ने योजना बनाइरहेको पञ्जियारलेले जानकारी दिए ।
सम्पर्क नम्बर : ०१५९७०७८९