वीरगंज । रामनिवास कुमार पटेल । बाराको सिमरामा विद्यार्थी र प्रहरी विच आज विहानै परिक्षा सेन्टरमा झडप भएको छ । सोमबार ठाकुराममा बहुमुखी क्याम्पसमा अध्यनरत विजय शर्मा विविएसको तेस्रो खण्डको परिक्षा दिएर सिमराबाट फर्किने क्रममा मोटरसाईल दुर्घटना परि मृत्यु भए पश्चात विद्यार्थीहरुको समुहले आन्दोलन गरेका छन ।
परिक्षा सेन्टर सिमारा कलेजमा विहान ७ बजे परिक्षाको लागी बोलाईएको थियो तर विद्यार्थीहरुले परिक्षा बहिष्कार गर्दै कलेजको प्रवेश द्धारामा विभिन्न नारावाजी गर्दै विरोध प्रदर्शन गरेका छन ।
भिड नियन्त्रण गर्न प्रहरीले लाठ्ठी चार्ज गरिएको अनेरास्ववियुका सचिव पवन यादवले बताएका छन । लाठ्ठी चार्जमा परिकेही विद्यार्थी घाईते भएका छन भने २ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ । प्रहरीले पक्राउ गरेका दुई जनाको नाम अझै खुल्न सकेको छैन । ठाकुराममा बहुमुखी क्याम्पसको सेन्टर सारेको भन्दै सुरुका दिन देखी विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै आएका छन ।