वीरगंज । रामनिवास कुमार पटेल । स्नातक तह तेस्रो वर्षको परिक्षाको तेस्रो दिन बुधबार सिमरा कलेज परिक्षा केन्द्रमा ९५ % भन्दा बढी परिक्षार्थी अनुपस्थित भएका छन् ।
परिक्षा दिएर घर फर्कने क्रममा सोमबार एक छात्रको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको र परिक्षा केन्द्र वीरगन्ज बाहिर सारिएको भन्दै विद्यार्थी संगठन आन्दोलित बनेपछि परिक्षा प्रभावित बनेको हो । सिमरा कलेजस्थित परिक्षा केन्द्रबाट पहिलो दिनको परिक्षा सकेर घर फर्कदै गरेका ठाकुरराम बहुमुखी क्याम्पसका परिक्षार्थी बिजय शर्माको दुर्घटनामा मृत्यु भएपछि विभिन्न विद्यार्थी संगठनले परिक्षा केन्द्र वीरगन्जमै कायम हुनुपर्ने माग अघि सारेका छन् ।
घटनापछि परिक्षा केन्द्र टाढा भएको भन्दै वीरगन्जमा प्रदर्शन गरेका विद्यार्थी संगठनले तेस्रो दिन पनि सिमरास्थित परिक्षा केन्द्र अगाडी धर्ना दिएका थिए । परिक्षा केन्द्र वीरगन्ज कायम गर्न माग गर्दै विद्यार्थीले मुट गेटमै नारा जुलुस गरेका थिए । अनेरास्ववियुका सचिव पवन यादवका अनुसार मात्रै ५ % परिक्षार्थीले तेस्रो दिनको परिक्षा दिएका छन् ।