वीरगंज । रामनिवास कुमार पटेल । साउनमा बसिने सोमबारको व्रत आजबाट सुरु भएको छ । महिनाले असार नै भए पनि तिथिअनुसार सोमबारको व्रत आजबाटै सुरु भएको ज्योतिषी इ बिवेकले जानकारी दिए ।
‘तिथिअनुसार साउन महिनामा सोमबारको व्रत बस्न तथा शिवजीको विशेष उपासना गर्नका लागि आजबाट पहिलो व्रत प्रारम्भ भएको छ,’ उनले भनेका छन् । व्रत सुरु भएसँगै देशभरका शिवालयमा दर्शनार्थीको भीड लाग्न थालेको छ ।
वीरगंजको पिपरा अवस्थित पशुपतिनाथमा पनि बिहानैदेखि व्रतालु र दर्शनार्थीको घुइँचो लागेको छ । साथै वीरगंजको बिभिन्न सक्तिपिथहरुमा सर्धालु भक्तहरुको घुइचो लागेको थियो। वीरगंजको आदर्सनगरमा अवस्थित अलखिया मठ मन्दिरमा समेत सर्धालु भक्तहरुको घुइचो लागेको थियो।