वीरगंज । रामनिवास कुमार पटेल । भारतीय क्रिकेट टिमका पुर्व कप्तान महेन्द्रसिंह धाेनीकाे जन्मदिन वीरगन्जमापनि युवाहरुले मनाएका छन् । शुक्रबार परेकाे धाेनीकाे ४२ ओैं जन्मदिन वीरगन्जमा युवाहरुले पराेपकारी कार्य गरेर मनाएका हुन् । धाेनीकाे जन्मदिनकाे उपलक्ष्यामा एमएस धाेनी फ्यान क्लबका युवाहरुले शुक्रबार विपन्न दलितका बालबालिकालाई स्कुल ब्याग तथा रिक्सा र ठेला चालकहरुलाई गर्मीमा पसिना पुछ्ने गम्छा र पानी खाने बाेत्तल वितरण गरेका छन् ।
वीरगन्जमा रहेकाे हाम्राे पाठशालामा अध्ययनरत २५ जना विपन्न दलित बालबालिकालाई स्कुल ब्याग वितरण गरिएकाे क्लबका अध्यक्ष विक्की सर्राफले बताए । यस्तै वीरगन्जमा रिक्सा र ठेला चलाउने १ सय जना मजदुरहरुलाई गर्मीमा पसिना पुछ्ने गम्छा र पानी खाने वितरण गरिएको सर्राफले जानकारी दिए ।वीरगन्जका विभन्न स्थानका सडकमा ठेला र रिक्सा चलाउदै भेटिएकाहरुलाई गम्छा र बाेत्तल वितरण गरिएको उनले बताए ।
धाेनीकाे फ्यान रहेका वीरगन्जका युवाहरुले एमएस धाेनी फ्यान क्लब गठन गरेर विगत ५ वर्षदेखि जुलाई ७ तारिखमा पर्ने धाेनीकाे जन्मदिन मनाउँदै आएका छन् । विगत ५ वर्ष यतादेखि हरेक वर्ष धाेनीकाे जन्मदिन वीरगन्जमा रक्तदान कार्यक्रम , विपन्न दलित र दैनिक ज्याला मजदुरी गरेर जिविकाेपार्जन गर्दै आएकाहरुलाई विभिन्न किसिमका सहयाेग सहितकाे पराेपकारी कार्य गरेर मनाउदै आएकाे अध्यक्ष सर्राफले बताए ।