वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाकाे वडा नंबर ५ मसिहानीमा सरकारले औद्योगिक ग्राम बनाउने निर्णय गरेकाे छ । मंगलबार बसेकाे संघीय सरमारकाे मन्त्रिपरिषदकाे बैठकले पर्साकाे मसिहानीसहित देशका ७ स्थानमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो । उद्याेग,
वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले मसिहानीमा ओैधाेगिक ग्राम स्थापना गर्ने यसअघि गरेकाे घाेषणा अनुसार मन्त्री रिजाल कै पहलमा सरकारले पर्साकाे मसिहानीसहित देशका ७ स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेकाे हाे । त्यसका लागि सरकारले अगामी आर्थिक बर्ष २०८०/०८१ काे बजेटमा रकम समेत छुट्याएकाे छ । सरकारले पर्साकाे मसिहानीसहित बाराको महागढीमाइ नगरपालिका वडा नम्बर ५, कालीकोटको रास्कोट नगरपालिका ६,
कालीकाेटकै नरहरिनाथ गाउँपालिका २, बाँकेको राप्तीसोनारी गाउँपालिका ४, पाल्पाको रम्भा गाउँपालिका ३ र अर्घाखाँचीको शीतगंगा गाउँपालिका १३ मा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेको हो । ‘एक स्थानीय तह एक औद्योगिक ग्राम’को नीतिअनुसार सरकारले यसअघि ११३ वटा स्थानमा औद्योगिक ग्राम घोषणा गरिसकेको छ । यीसहित अब देशका १२० स्थानमा औद्योगिक ग्राम बन्नेछन् ।