वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाका विभिन्न वडामा महिला हिंसा र बालविवाह विरुद्धको जनचेतनामुलक सडक नाटक प्रदर्शन गरिएकाे छ । बहुदरमाई नगरपालिकाकाे आर्थिक सहयाेग र सृजनशिल शिक्षा विकास केन्द्र पर्साको आजोजनामा वडा नम्बर ३,४,५ र ७ मा सडक नाटक प्रदर्शन गरिएको हाे ।
सडक नाटकको उदघाटन गर्दै बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साहले समाजमा विद्यमान महिला हिंसा , बाल विवाह , दाईजो जस्ता कुरिती र कुप्रथा अन्त्यका लागि सबै लाग्नुपर्ने बताए ।
उनले यस्ता कुरिती र कुप्रथा विरुद्ध समाजमा जनचेतना फैलाउने कार्यमा सडक नाटक उपयुक्त माध्यम भएकाे बताए । त्यसअवसरमा संस्थाकी सुस्मिता चौधरी, स्थानीय समाजसेवी विपिन यादव, जसपा नगर कमिटी सदस्य प्रमोद यादव,समाजसेवी ओकील यादव लगाएतको पनि उपस्थित रहेको थियो ।