वीरगंज । सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाएर एक महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन्। साइबर व्युरोले पर्वतको कुश्मा नगरपालिका-१४ का रामकुमार सुनारलाई पोखराबाट पक्राउ गरेको हो।
सुनारले सामाजिक सञ्जालहरूमा पीडित महिलाको नाममा प्रोफाइल बनाएर अश्लील तस्बिर र भिडियोमा अनुहारसमेत जोडेर चरित्रहत्या गरेको प्रहरीले जनाएको छ।
दःख कष्ट दिन थालेपछि पीडित प्रहरीले उजुरी दिएको र सोही आधारमा सुनारलाई विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरिएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए। सोही कसूरमा काठमाडौं जिल्ला अदालतले जेठ २९ गते ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको छ।