वीरगंज । सशस्त्र प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका-१, वीरेन्द्र चोकबाट भन्सार महसुल नतिरेको भारतीय नम्बर प्लेटको स्करपियो नियन्त्रणमा लिएको छ ।
सोमबार बैरियाबाट सिम्रौनगढतर्फ जाँदै गरेको एचआर २६ बीबी ००४० नम्बरको सेतो रङको भारतीय स्करपियो प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।