वीरगंज । प्रचण्ड गर्मीसँंगै सिम्रौनगढ़बासीलाई खानेपानीको समस्याले पिरोलेको छ\ सिम्रौनगढ़का खानेपानी संस्थानले मागअनुसार आपूर्ति गर्न नसकेपछि पानीको हाहाकार भएको हो। सिम्रौगढ़ खाने पानी संस्थानले पानी वितरण गर्न नसकेपछि स्थानीयबासी परम्परागत सार्वजनिक चापा कलमा भर पर्न बाध्य भएका छन्।
संसथानद्वारा वितरित धाराको पानी नाममात्रको भएको स्थानीयको गुनासो छ। ‘सातामा एक दुई पटक आउने पानी पनि कहिले धमिलो आउँंछ त कहिले के,’ उपभोक्ता हरुको भनाइ छ। संस्थानले पर्याप्त पानी आपूर्ति गर्न नसक्दा उपभोक्ता बोतल र जारको पानी किनेर खान बाध्य छन् । यता सम्बन्धित निकाय पनि कानमा तेल हालेर बसेका छन।
पछिल्लो समय अत्याधिक गर्मीका कारण तराई मधेशमा रहेका चापाकलहरुमा पानि सुक्न थालेको छ।
आफु भने उपकरणबाट प्रशोधित पानि पिउने एसिवाला रुममा बस्ने तर जनताका दु:ख सुखमा साथ दिन्छु भन्दै चुनाव जितेकाहरुको नै अहिले यस्तो अवस्थामा बेवास्था गरेको देख्दा दु:ख लागेर आउँने स्थानियहरुको गुनासो छ। लामो समयदेखि पानी नपर्दा र अत्याधिक गर्मीका कारण देशभरको जनजीवन कस्टकर बन्दै गैरहेको छ।