वीरगंज । रौतहटको उतरी भेग चन्द्रपुर नगरपालिकामा आगलागी पिडित परिवारलाइ नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर शाखाले सहयोग गरेको छ । सो नगरपालिकाको वडा नम्बर २ पुलचोक नजिक एक घरमा आगलागी हँुदा एउटा घर जलेर नष्ट भएको थियो । स्थानिय शेर बहादुर बस्नेतको घरमा बिधुत सर्ट भइ आगलागी हँुदा घर जलेर सखाप भएको थियो ।
गएराती राती करिब ३ बजे आगलागी भएको पिडित बस्नेतले जानकारी दिएका छन् । घर भित्र भएका खादान्नहरु सबै नष्ट भएको छ भने मानबिय क्षति भने हुनबाट जोगिएको हो । घर जलेर पुर्ण क्षति भएको उप्रेतीले बताए । यसैबिच आगलागी पिडित परिवारलाइ नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर शाखाले सहयोग गरेको छ ।
पिडित परिवारलाइ त्रिपाल,भाडाकुडा,कम्बल साडी लगायतको समानहरु सहयोग हस्तान्तरण गरेको उपशाखा चन्द्रनिगाहपुरका सभापति श्रीकृष्ण प्रसाद अधिकारीले जानकारी दिएका छन् । हाल सम्म चन्द्रनिगाहपुर उपशाखाले दर्जन भन्दा बढी आगलागी पिडित परिवारलाइ सहयोग प्रदान गरेको सभापति अधिकारीले जानकारी दिए । उक्त राहत हस्तान्तरण कार्यक्रममा उपशाखाका कोषाध्यक्ष रमेश तिमलसिना लगायतको सहभागिता रहेको थियो ।