• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एनएमबी बैंक लुटपाट घटना : बैंककै कर्मचारी प्रहरी निगरानीमा, लुटेराहरु भारत पुगेको आशंका

  • वीरगंज संजाल
  • २६ जेष्ठ २०८०, शुक्रबार १८:११
  • १३४९

    वीरगंज । महोत्तरीको महोत्तरी गाउँपालिका-२ मा सञ्चालित एनएमबी बैंकमा लुटपाट भएको घटनाका आरोपित अझै पत्ता लाग्न सकेका छैनन्। लुटपाट भएको १० दिन बित्दा पनि लुटेराहरुको पहिचान हुन सकेको छैन। जेठ १६ गते दिउँसो साढे १२ बजे ४ जनाको समूहले पेस्तोल ताक्दै लुटपाट गरेको थियो। उक्त दृश्य सीसीटीभी फुटेजमा प्रष्टै देखिन्छ। तर सीसीटीभीमा देखिएको हुलियाको आधारमा अनुसन्धान गरेको प्रहरीले बताए पनि घटना अझै रहस्यमय बन्दै गएको छ। प्रहरीले विभिन्न कोणबाट घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी तथा प्रवक्ता दिलिप गिरीले धेरै कोणबाट अनुसन्धान गरिरहेको बताए। अनुसन्धान अन्तिम चरणमा पुगेको डीएसपी गिरीले बताए। ‘हामी अन्तिम चरणमा पुगेका छौं। केही दिनमै यसको नतिजा बाहिर आउँछ।’पटेके चोर-डाँकादेखि यसअघि जेलमा बसेर छुटेकाहरुको विवरण केलाउने, सीसीटीभीमा देखिएको हुलियाको आधारमा मान्छेहरु निगरानी गर्ने काम भइरहेको उनले बताए। योसँगै म्यानुअल्ली र प्राविधिक कोणबाट पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।योसँगै बैंकका कर्मचारीमाथि पनि निगरानी राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। लुटपाट घटनामा प्रहरीको मिलेमतो पनि हुन सक्ने सम्भावनालाई आधार मान्दै बैंककै कर्मचारीमाथि पनि निगरानी बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

    लुटपाटका बेलामा बैंकका कर्मचारीबाट कुनै प्रतिकार नहुनु तथा प्रहरीलाई जानकारी नगराउनु, सेवाग्राही नभएको मौकामा लुटपाट हुनु जस्ता कुराहरुले बैंकका कर्मचारीमाथि पनि निरागनी गर्नुपर्ने ठाउँहरु देखिएको प्रहरी स्रोतले जनाएको छ। बैंकमा त्यति नै बेला रकम जम्मा भएको छ भन्ने जानकारी कसरी लुटेराहरु पाए भन्ने कोणबाट पनि अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। लुटेराहरुले योजनाबद्ध ढंगले बैंक लुटेको विश्लेषण गरिएको छ। लुट्नुभन्दा अघि पटक पटक बैंकमा रेकी गर्नु, भाग्न सक्ने अवस्थाको बारेमा जानकारी लिएर योजनाबद्ध तरिकाले लुटपाट गरिएको आशंका प्रहरीको छ। लुटपाट गर्ने बेलामा बैंकमा पुग्दा समेत उनीहरु दुई वटा मोटरसाइकलमा पुगेको देखिएको छ। लुटपाटपछि पनि उनीहरु सोही मोटरसाइकल चढेर भागेको बताइएको छ। तर यति हुँदा समेत लुटेराहरु भने अहिलेसम्म पहिचान हुन सकेका छैनन्। बैंक लुटपाट घटनाको अनुसन्धान जारी रहेको र प्रगतिउन्मुख रहेको मधेस प्रदेशका डीआईजी जनकराज भट्टराईले बताएका छन्। ‘हामी धेरै नजिक पुगिसकेका छौं। केही दिनमै नतिजा आउन सक्छ,’ डीआईजी भट्टराईले नेपाल लाइभसँग भने।

    लुटेरा भारत पुगेको आशंका
    बैंक भएको ठाउँबाट लक्षिण सीमा अर्थात् भारत जम्माजम्मी १० किलोमिटरको हाराहारीमा छ। जस कारण लुटेराहरु बैंक लुट्नासाथ भारत पुगेको हुन सक्ने आशंका गरिएको छ। अहिलेसम्म उनीहरु पक्राउ पर्न नसक्नुले पनि लुटेराहरु भारत पुगेको आशंका प्रहरीले गरेको छ। ‘हामीले महोत्तरी र आसापासका क्षेत्रमा लुटेराहरुको पहिचान तथा निगरानी गरिरहेका छौं। तर अहिलेसम्म कुनै क्लु भेट्न सकिएको छैन। त्यस कारण लुटेराहरु भारत पुगेको आशंका गरिएको छ। हाम्रो टोलीले पनि भारतीय पक्षसँग समन्वय गरेर काम गरिरहेको छ,’ महोत्तरी प्रहरी स्रोतले भन्यो। बैंकले सुरुमा ३८ लाख रुपैयाँ लुटपाट भएको दाबी गरेको थियो। तर पछि अनुसन्धानको क्रममा भने १५ लाख १ हजार ४ सय ९३ रुपैयाँ लुटपाट भएको खुलेको थियो। ४ जनाको समूहमा आएका व्यक्तिहरुले प्रहरीलाई खबर गरे गोली ठोक्ने धम्की दिँदै लुटपाट गरेका थिए। लुटपाट गर्ने आएकाहरु सबैले हातमा पेस्तोल बोकेका थिए। उनीहरुले मुखमा पट्टी बाँधेका थिए भने बैंकबाट पोको बोकेर बाहिर निस्केको फुटेजसमेत देखिन्छ। लुटपाट हुँदा बैंकमा सर्वसाधारण रहेको फुटेजमा देखिन्छ। तर उनीहरुले भने लुटपाटको दृश्य हेरिमात्र रहेका हुन्छन्।सीसीटीभी फुटेजमा यतिसम्मको दृश्यहरु देखिँदा समेत अहिलेसम्म लुटेराहरुको पहिचान समेत हुन सकेको छैन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑