• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको नारायणी अस्पतालमा ३० कराेडकाे एमआरआई मेसिन अढाई महिनादेखि अलपत्र

  • वीरगंज संजाल
  • २२ जेष्ठ २०८०, सोमबार १९:०९
  • ३१९७

    वीरगंज । ३० करोड रुपैयाँको एमआरआई मेसिन वीरगन्जको नारायणी अस्पताल परिसरको खुला आकाशमुनि साढे २ महिनादेखि थन्किएको छ । अस्पतालमा एमआरआई कक्ष तयार भए पनि प्रशासनको लापर्बाहीका कारण महँगो उपकरण अस्पताल परिसरमै त्रिपालले छोपेर राखिएको छ । स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत यो उपकरण खरिद गरेको हो । तर ठेकेदार कम्पनीले हिलियम ग्यासको अभावका कारण मेसिन जडान गर्न नसकेको जनाएपछि मेसिन अस्पताल परिसरमै प्रयोगविहीन बनेको छ । महँगो र अति नाजुक मानिने यो मेसिन अस्पताल परिसरमा यसरी राखिँदा क्षति वा पार्टपुर्जा चोरी हुनसक्ने सम्भावना पनि उत्तिक्कै रहेको स्थानीय ओमप्रकाश सर्राफ बताउँछन् । साथै सेवाग्राहीका लागि अति उपयोगी हुनसक्ने मेसिनलाई अस्पताल परिसरमै त्रिपालले छोपेर राख्दा असुरक्षित हुने भन्दै स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन् ।

    ‘एकातिर अस्पतालमा एमआरआई कक्ष तयार छ, अर्कोतिर आइसकेको मेसिन अढाई महिनादेखि कक्षमा जडान नगरी खुला आकाशमुनि राखिएको छ,’ सर्राफले भने, ‘यो कस्तो बिडम्बना हो, कक्ष तयार छ भने त्यसमा मेसिन जडान गरेर कम्तीमा मेसिनलाई सुरक्षित राख्नुपर्‍यो ।’अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंह ठेकेदार कम्पनीले हिलियम ग्यासको अभावका कारण मेसिन जडान गर्न नसकेको जवाफ दिँदै आएको बताउँछन् । ‘एमआरआाई मेसिन सञ्चालन गर्न हिलियम ग्यासको आवश्यकता पर्ने रहेछ, यो ग्यासको हाल विश्वव्यापी अभाव रहेको छ,’ उनले भने, ‘अस्पताल प्रशासनले अस्पतालमा एमआरआई कक्ष तयार गरिसकेको छ, त्यहाँ एमआरआई उपकरण सहजै जडान गर्न सकिन्छ, तर ठेकेदारले नै ग्यासको अभाव देखाएर मेसिन जडान गर्न नचाहेपछि हामी के नै गर्न सक्छौं ।’

    उनले अस्पतालमा एमआर आई कक्ष तयार हुनुका साथै यो उपकरण सञ्चालन गर्न अस्पतालसँग जनशक्ति समेत उपलब्ध रहेको बताए । ‘हामीसँग तत्काल नेपाल सरकारको मापदण्ड अनुसारको मेसिन चलाउने जनशक्ति उपलब्ध छ,’ उनले भने, ‘थप एक जना रेडियोलोजिस्ट जनशक्ति थपिएको खण्डमा सहजतापूर्वक यो मेसिन सञ्चालन गर्न सकिन्छ ।’मेसिन सञ्चालनमा आएमा एमआरआई मेसिनले मानव शरीरको सुक्ष्म भागहरुको एक्स रे गरेर रोग पहिचान गर्ने हुँदा सेवाग्राहीले नारायणी अस्पतालबाटै भरपर्दो र सस्तो उपचार सेवा पाउने डा. सिंह दाबी गर्छन् । नारायणी अस्पताल पर्सादेखि सर्लाहीसम्मका तथा सीमावर्ती भारतीय गाउँका बिरामीहरुको समेत उपचार गन्तव्य रहँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑