• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको बिन्दवासिनीमा हुलाकी सडकसँग जग्गा जोड्न नदीको बहाव नै परिवर्तन

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८०, सोमबार १४:०४
  • १७०१

    वीरगन्ज | जग्गाको मोहडा हुलाकी सडकसँग जोड्न जग्गा कारोबारीले नदीको बहाव परिवर्तन गरेका छन् । पर्साको बिन्दवासिनी गाउँपालिका २ बहुअर्वाभाठास्थित हुलाकी सडक भई बग्ने ढोङही नदीको बहाव परिवर्तन गरिएको हो । बहाव परिवर्तन गरेपछि करिब २ किलोमिटर उत्तर, पश्चिम हुँदै दक्षिणतर्फ बग्ने नदी अहिले ५० मिटरमात्र पश्चिम बगेर दक्षिणतर्फ मोडिएको छ । गाउँपालिकाले स्काभेटर प्रयोग गरी नदीको पुरानै बहाव कायम गर्न प्रयास गरे पनि सफल भएको छैन । यही बीचमा जग्गा कारोबारीले गाउँपालिकालाई विपक्षी बनाई अदालतमा मुद्दा दर्ता गराएका छन् । गाउँका विभिन्न व्यक्तिसँग जग्गा कारोबारीले सस्तो मूल्यमा १२ बिघा जग्गा खरिद गरी उक्त जग्गालाई सडकसँग जोड्न नदीको बहाव परिवर्तन गरेका हुन् । हुलाकी सडक निर्माण नहुन्जेलसम्म उक्त क्षेत्रमा जग्गाको खरिद बिक्री खासै थिएन । सबै खेतहरु थिए । अहिले पक्की हुलाकी सडक निर्माण भएपछि उक्त क्षेत्रको जग्गाको भाउ अकासिएको छ । उद्योग कलकारखाना खुल्ने क्रम बढ्दो छ । नदीको बहाव परिवर्तन गरेपछि उक्त क्षेत्रको १२ बिघा जग्गाको मोहडा हुलाकी सडकसँग जोडिएको छ । उक्त जग्गा र हुलाकी सडकको बीचमा विगतमा नदी बग्ने गरेको थियो । अहिले नदी उत्तरतर्फ बग्ने ठाउँमा माटो पुरिएको छ । करिब ५० मिटर पश्चिम नदीको बहावका लागि स्काभेटरले खनेर नयाँ मुहान (नदीको बाटो) निर्माण गरिएको छ, जहाँ विगतमा दुई किलोमिटर नदी घुमेर आउने गरेको थियो ।

    स्थानीय सन्दीप साहका अनुसार जग्गा कारोबारीले पहिलो पटक २०७७ साउन २५ मा बहाव परिवर्तन गर्न स्काभेटरले माटो काटी नदीको उत्तरतर्फको बहाव बन्द गरेका थिए । नदीको बहाव परिवर्तन गरिएपछि गाउँलेले विरोध जनाएका थिए । ‘नदीको पुरानै बहाव कायम गर्न माग गरेका थिए,’ उनले भने, ‘चौतर्फी विरोध भएपछि गाउँपालिका तत्कालीन अध्यक्ष श्रीलाल साह कानुले आफ्नै अगुवामा स्काभेटर लगेर पुरानो बहावमा लगाइएको माटोको बाँध काट्न लगाएका थिए । त्यसपछि नदी फेरि पुरानै धारमा फर्किएको थियो ।’ तर, त्यसको ४ महिनापछि जग्गा कारोबारीले पुनः बाँध बाधेर नदीको बहाव परिवर्तन गरिदिएका थिए । त्यसबेला नदीको बहाव परिवर्तन गरिए पनि पुरानो बहाव क्षेत्रमा माटो पुरेका थिएनन् । अहिले नदीको पुरानो बहाव क्षेत्रमा ट्याक्टरले माटो पुरेर १२ बिघा जग्गाको मोहडा हुलाकी सडकसँग जोडेका छन् । नदीको साविक बहाव क्षेत्रमा माटो पुरी हुलाकी सडकसँग जोडिएको जग्गाको नक्सा । पहेलो रंगले नदीको नयाँ बहाव देखाउँछ । नीलो रंगले नदीको साविक बहाव देखाउँछ । जहाँ अहिले माटो पुरिएको छ ।

    ‘उत्तर, पश्चिम र दक्षिण हुँदै करिब २ किलोमिटर बगेर आउने नदीको पुरानो बहाव परिवर्तन गरिएको छ,’ बहुअर्वाभाठा निवासी कृष्ण राज ठाकुरले भने, ‘जग्गा सडकसँग जोड्न कारोबारीले नदीको बहाव परिवर्तन गरेका हुन् ।’ बहाव परिवर्तन भएपछि करिब ५ सय बिघा खेतमा सिँचाइको समस्या भएको ठाकुर बताउँछन् । ‘विगतमा नदी दुई किलोमिटर बग्दा त्यस वरिपरिका बहुअर्वा र गर्दौलका खेतहरुमा नदीको पानीले सिँचाइ गरिन्थ्यो,’ उनले भने, ‘नदीको छेउमा श्मसान घाटसमेत थियो, अब अन्तिम संस्कारसमेत प्रभावित भएको छ ।’ नदीको पुरानो बहाव क्षेत्रलाई अतिक्रमण गर्न नदीको किनारमा टिपरमार्फत माटो खसालिएको थियो । उनले भने, ‘६०/७० फिट चौडाई र करिब २ किलोमिटर लम्बाईको जग्गा अतिक्रमणमा पर्ने देखिन्छ ।’

    बाटो नभएको खोलापरिका जग्गाहरु सस्तो मूल्यमा खरिद गरी उद्योग स्थापना गर्ने उद्देश्य रहेको स्थानीय बताउँछन् । ‘विभिन्न व्यक्तिको जग्गा खरिद गरी वीरगन्ज सिर्सियाका रामनारायण ठाकुरले करिब १२ बिघाको प्लट बनाएका छन्,’ सम्बद्ध स्रोतले भन्यो, ‘नदीको बहाव परिवर्तन गरेपछि जग्गा सडकसँग जोडिएको छ, खेतको मूल्यमा खरिद गरिएको जग्गाहरु महँगो मूल्यमा उद्योग स्थापना गर्ने उद्योगीलाई बिक्री गर्ने योजना छ ।’ पहिलो पटक गाउँपालिकाले नदीको बहाव पुरानै अवस्थामा फर्काएपछि जग्गाधनी रामनारायण ठाकुरले गाउँपालिकाको निर्णयको विरोध गरेका थिएनन् । गत माघमा नदीको पुरानो मुहान क्षेत्रमा फेरि माटो पुर्न थालेपछि गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले स्काभेटर प्रयोग गरी पुरानो बहाव क्षेत्रबाट माटो निकालेका थिए । गत माघ १० मा अध्यक्ष तिवारीले रामनारायण ठाकुरलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय पोखरियालाई पत्राचार नै गरेका थिए । वीरगन्ज महानगरपालिका २५ निवासी रामनारायण ठाकुरले २ वर्ष अगाडि बिन्दवासिनी गाउँपालिका २ मा रहेको ढोङही नदीको मुहान मेटाएर अर्को मुहान सञ्चालन गरी जमिन अतिक्रमण गरेको र हाल पनि जमिन अतिक्रमण गरिरहेकाले निजलाई यथाशीघ्र पक्राउ गरी पालिकालाई जानकारी गराउन अध्यक्षले प्रहरीलाई पत्राचार गरेका थिए ।

    ‘भूमाफियाले चलखेल गरी नदीको मुहान परिवर्तन गरी जमिन अतिक्रमण गरेका छन्,’ गाउँपालिका अध्यक्ष प्रमोद तिवारी भन्छन्, ‘अदालतमा मुद्दा परेकाले अतिक्रमण हटाएका छैनौँ । नदीको बहाव पुरानै अवस्थामा फर्काउछौँ ।’ जग्गाधनी रामनारायण ठाकुरले जग्गामा धेरै लगानी लागिसकेकाले बाटोको माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको बताउँछन् । ‘जमिन छाडेर कहाँ जानु,’ उनले भने, ‘त्यत्रो लगानी लागिसक्यो, गाउँपालिकाले बाटोको निकास दिनुपर्छ ।’ गाउँपालिकाको तत्कालीन अध्यक्ष श्रीलाल साह कानुको कार्यकालमा जग्गा कारोबारीले नदीको बहाव परिवर्तन गरेको ठाउँमा जाली र बोल्डरसहितको संरचना निर्माणका लागि ५ लाख रुपैयाँसमेत विनियोजन गरेको थियो । तर, आर्थिक वर्ष सकिए पनि उक्त रकम खर्च हुन सकेन । ढोङही नदीको बहावलाई पुरानै अवस्थामा राख्ने भनेर बिन्दवासिनी गाउँपालिकाको बोर्ड बैठकले निर्णय नै गरेको थियो ।कान्तिपुर बाट साभार गरिएको समाचार हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑