• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सप्तरी कारागारको एक बिघा ६ कट्ठा जग्गा अतिक्रमण

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८०, सोमबार १३:५७
  • ११५३

    सप्तरी | सप्तरी जिल्ला कारागारको एक बिघा ६ कट्ठा १२ धुर जग्गा पछिल्लो २२ वर्षदेखि अतिक्रमण गरेको पाइएको छ । कारागारको ठूलो क्षेत्रफलको जग्गामा अतिक्रमण भइरहँदा सप्तरी कारागार राजविराजमा नयाँ संरचना निर्माणका लागि ठाउँ अभाव भएको छ ।

    नयाँ संरचना निर्माण हुन नसक्दा महिला र पुरुष गरी १ सय ५५ जना कैदीबन्दी राख्ने क्षमताको सप्तरी कारागारमा अहिले चार सय ३ जना कैदीबन्दी छन् । झन्डै तीन गुणा बढी कैदीबन्दी राखिँदा कारागारमा उनीहरूलाई कोचिएर राख्नुपर्ने विवशता त छँदै छ, अर्कोतर्फ कारागारमा रहेको आन्तरिक सुविधाहरूमा समेत कैदीबन्दीहरूलाई समस्या भइरहेको छ ।

    विगतमा जिल्ला प्रशासन कार्यालय मातहतको कारागार शाखाको रुपमा रहेकोमा २०५० साल साउन १ गतेदेखि गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागअन्तर्गत सप्तरी जिल्ला कारागार सञ्चालनमा आएको थियो ।

    सप्तरी जिल्ला कारागारको नाममा २०५१ साल असार १७ गते २ बिघा १३ कट्ठा १९ धुर जग्गा प्राप्ति भएकोमा भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीको २०७६ साल माघ ८ गते जारी भएको जग्गाधनी पुर्जाअनुसार राजविराज कारागारको नाममा कित्ता नम्बर १०२२ को २ बिघा ८ कट्ठा पौने १७ धुर जग्गा कायम भएको थियो ।

    सोमध्ये १ बिघा ६ कट्ठा १२ धुर जग्गा ९० जना व्यक्तिले २०५८ साल जेठ १८ गतेदेखि अतिक्रमण गरी घरटहरा बनाएर बसेको कारागार प्रशासनको भनाइ छ । जग्गा अतिक्रमण भएकै सप्तरी जिल्ला कारागार चारैतर्फबाट पर्खालबिना खुल्ला छ । जग्गा अतिक्रमण गरिएका कारगारको चारैतिर पर्खाल, कैदी राख्ने भवन, सुरक्षाकर्मी आवास तथा अन्य भौतिक संरचना निर्माण गर्न नसकी कारागार व्यवस्थापन दुरुस्त राख्न कठिनाइ भएको कारागार प्रशासनको भनाइ छ ।

    कारागारको जग्गालाई अतिक्रमणमुक्त बनाउने प्रयास नभएका होइनन् । तर ती सबै प्रयास कागजमा मात्र सीमित भएको छ । कारागार व्यवस्थापन विभागको चलानी नम्बर ७३६ को २०६६ साल चैत १२ गतेको अतिक्रमित जग्गा खाली गराउने निर्देशन, गृह मन्त्रालयको २०६९ असोज ९ गतेको अतिक्रमित जग्गा खाली गराउन स्थानीय प्रशासनलाई दिइएको निर्देशनका बावजुद पनि अतिक्रमित जग्गा खाली गराउन सकिएको छैन ।

    गृहले २०६९ सालमा एक महिनाभित्र अतिक्रमित जग्गा खाली गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गरेको थियो । २०५८ सालमै तात्कालीन प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेले जिल्ला प्रशासन कार्याल्यको तर्फबाट सूचना जारी गर्दै कारागारको अतिक्रमित जग्गामा निर्माण गरिएका घरटहरा खाली गर्न सात दिनको निर्देशन जारी गरेको थियो । तर त्यो निर्देशन पनि कागजी प्रक्रियामा मात्र सीमित भएको थियो ।

    यसैबीच सप्तरी जिल्ला कारागारले अतिक्रमित जग्गा खाली गराउन पुनः प्रयास सुरु गरेको छ । स्थानीय प्रशासन र दलका प्रतिनिधीहरूसित छलफल गर्देै कारागार कार्यालयले अतिक्रमित जग्गा खाली गराउने प्रयासमा साथ दिन आग्रह गरेको छ । छलफलले अतिक्रमित जग्गा खाली गर्न १५ दिने सूचना जारी गर्न सुझाव दिएको छ ।

    तर, सप्तरी जिल्ला कारागारले अतिक्रमित भनिएका जग्गामा बाक्लो बसोबास रहेको छ, कतिले पक्की घरसमेत निर्माण गरिसकेका छन् भने साविकमा अतिक्रमित गरेका केही व्यक्तिहरू अर्कालाई जग्गा जिम्मा लगाउँदै अन्यत्रसमेत सरिसकेका छन् ।

    ‘हामी चार पुस्तादेखि यहाँ बसोबास गरिरहेका छौं, कारागार स्थापना हुनुअघिदेखि हाम्रो बसोबास छ,’ अतिक्रमित भनिएको जग्गामा घर बनाएका उपेन्द्र मरिक डोमले भने, ‘अब हामी गरिब दलित कहाँ जानु ? बरु बस्तीको बीचमा कारागार राम्रो नभएकाले कारागार कतै अन्यत्र सार्दा बेस हुन्छ ।’

    अतिक्रमित भनिएको जग्गामा दलितहरूको घर अत्यधिक छ । साथै अतिक्रमित जग्गामा घर बनाएकाहरूमध्ये केही भाडामा लगाएका छन् भने केहीको बजारमै अन्यत्र घर हुँदाहुँदै पनि अतिक्रमित जग्गा घर बनाई बस्ने अर्को घरलाई भाडामा लगाउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑