• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै वीरगञ्जमा

  • वीरगंज संजाल
  • ७ जेष्ठ २०८०, आईतवार ११:४८
  • २५८१

    वीरगञ्ज । पछिल्लो समस्या पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ । गर्भवतीमा पोषणयुक्त खानाको अभाव, बालविवाहका सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपानको ज्ञान नहुनु, आमालाई कामको अत्यधिक बोझ हुनु र पारिवारिक बेवास्तालगायतका कारणले कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

    चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा एक सय ७४ कडा खालको कुपोषित बालबालिका फेला महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले जानकारी दिए । उनकाअनुसार विभिन्न स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणका क्रममा फेला परेका ती कुपोषित बालबालिकामध्ये ५६ बालबालिकालाई महानगरपालिकाद्वारा सञ्चालित ओटिसी सेन्टरमा भर्ना गरी उपचार गरिएको छ ।

    वीरगञ्ज महानगर क्षेत्रमा गत आव २०७८/७९ मा ४९ जना कुपोषित बालबालिका फेलापरेको थियो जसमध्ये ४४ जनाको उपचार गरिएको जनाएको छ । यस्तै आव २०७७/७८ मा ४३ जना कुपोषित बालबालिकामध्ये ३९ जनाको र आव २०७६/७७ मा फेला परेको २२ जनामध्ये १८ जनाको उपचार गरिएको प्रमुख कुर्मीले बताए । जन्मेकोदेखि पाँच वर्षमुनिका कुपोषित बालबालिकालाई आवश्यक स्वास्थ्य जाँचसहित पोषणयुक्त खानाका लागि महानगरपालिकाले गत आव २०७६/७७ देखि वीरगञ्ज स्वास्थ्यचौकीसहित बगही स्वास्थ्यचौकी र सिर्सिया स्वास्थ्यचौकीमा ओटिसी सेन्टर चलाउँदै आएको छ ।

    ‘सुरुमा कुपोषित बालबालिकालाई हामीले ओटिसी सेन्टरमा भर्ना गर्छौँ’, प्रमुख कुर्मीले भने, ‘ओटिसी सेन्टरमा भर्ना भएका बच्चाको पहिला भोक जाँच गर्छौँ, अनि पोषणयुक्त खाना खुवाउँछौँ ।’ खाना खान सक्ने बच्चालाई थप १४ दिनसम्मको पोषणयुक्त खाना दिएर घर पठाउँछौँ, खाना खान नसक्ने बच्चालाई थप स्वास्थ्य जाँचसहित उपचारका लागि वीरगञ्जस्थित पोषण पुनःस्थापना गृहमा पठाउँछौँ । पोषण पुनःस्थापना गृहमा बच्चा र आमालाई राखेर बच्चालाई पोषणयुक्त खाना र उपचार हुने गरेको उनले बताए ।

    बालबालिकामा बढ्दो कुपोषणको समस्यालाई न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र स्वास्थ्य स्वयंसेविकामार्फत वडा–वडामा सचेतनामूलक कार्यक्रमसँगै बालबालिका तथा सुत्केरी आमालाई बालभिट्टा, लिटोलगायतका पोषणयुक्त खाना र गर्भवती महिलालाई आइरन चक्की वितरण गर्दै आएको प्रमुख कुर्मीको भनाइ छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल हाताभित्र सन् २००६ देखि सञ्चालित पोषणा पुनःस्थापना गृहले १५ वर्षको अवधिमा दुई हजार आठ सय २८ कुपोषित बालबालिकालाई अभिभावकसँगै राखेर निःशुल्क उपचार सेवा दिएको छ ।

    पोषण पुनःस्थापना गृह वीरगञ्जका प्रमुख सरिता यादवका अनुसार सन् २००७ देखि हालसम्म एक हजार पाँच सय २४ बालक र एक हजार तीन सय चार बालिका गरी दुई हजार आठ सय २८ कुपोषित बच्चाको उपचार गरिएको छ । पोषण पुनःस्थापना गृहमा बच्चाको आमा र अन्य अभिभावकलाई पोषणसम्बन्धी शिक्षासमेत दिइन्छ । ‘आमालाई पोष्टिक आहार बनाउने र खुवाउने तरिकाबारे पनि हामी सिकाउँछौँ’, गृह प्रमुख यादवले भने, ‘कुपोषित बच्चाले निःशुल्क उपचार, रेखदेख र परामर्श सेवा पाउने गरेको छ ।’ अहिले पोषणगृहमा १४ जना कडा खालका कुपोषित बच्चाको उपचार भइरहेको उनले बताए ।

    बच्चालाई पोषणको मात्रा पुग्ने गरी पौष्टिक खानेकुरा, भिटामिनलगायतका औषधिसमेत खुवाइन्छ । कुपोषणका कारण बच्चामा अन्य रोगको पनि सङ्क्रमण बढ्ने भएकाले अस्पतालका चिकित्सकबाट बच्चाको नियमित स्वास्थ्य जाँचसमेत गराउने गरिएको उनको भनाइ छ । अति कुपोषणले ग्रसित बनेका बच्चालाई दुई महिनासम्म पोषणगृहमा राखेर उपचार र रेखदेख गर्ने गरिएको छ । सामान्यतया १६ दिनसम्मको उपचारले बालबालिका निको भई घर फर्कने गरेका छन् । एक महिनामा पुनःस्वास्थ्य जाँचका लागि बच्चालाई गृहमा बोलाउने गरिएको प्रमुख यादवले बताए ।

    कुपोषण हुँदा बच्चा दुब्लाएर ख्याउटे हुने, आँखाभित्र गड्ने, हातखुट्टा राम्ररी नचल्ने, कपाल खैरो हुने, लामो समयसम्म निदाउने, बढी रुने, झगडा गर्नेजस्ता लक्षण देखिने गरिएको बालरोग विशेषज्ञ डा सरोजकुमार यादवले बताए । ‘धेरै अभिभावकलाई बच्चामा कुपोषण भए–नभएको थाहा हुँदैन’, डा यादवले भने, ‘पोषिलो खानेकुरा अभावमा हुने कुपोषणको प्रभाव शारीरिक र मानसिक दुवैमा देखिने गरेको छ ।’ बच्चाले खाना नखाने, धेरै रुने, सुत्ने, झगडामात्र गर्नेजस्ता समस्या कुपोषणको असरले पनि हुनसक्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑