• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोहलीको शतकमा बैंग्लोर विजयी

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०८०, शुक्रबार १०:११
  • १९५३

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विराट कोहलीले सानदार शतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोर ८ विकेटले विजयी भएको छ । बिहीबार रातिको खेलमा कोहलीले आईपीएलमा सर्वाधिक ६ शतक प्रहार गर्ने क्रिस गेलको कीर्तिमानी बराबरी गर्दा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादमाथि ८ विकेटको सानदार जित निकालेको हो। सनराइजर्स हैदरावादले दिएको १८७ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

    बैंग्लोरको जितमा कोहली र फाफ डु प्लेसीले १७२ रनको साझेदारी गरे । कोहलीले ६३ बलमा १२ चौका र ४ छक्का मद्दतमा एक सय रन बनाए भने फाफ डुप्लेसीले ४७ बलमा ७१ रन योगदान गरे । डु प्लेसिसले ४७ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । उनीहरु १८ औं ओभरसम्म टिकीरहे । ग्लेन म्याक्सवेल ५ र माइकल ब्रेसवेल ४ रनमा नटआउट रहे ।

    बलिङतर्फ भुवनेश्वर कुमार र टी नटराजनले एक–एक विकेट लिए ।

    त्यसअघि राजीव गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८६ रन बनाएको थियो । हेनरिक क्लासेनले शानदार शतक प्रहार गरे पनि टिमलाई जिताउन भने सकेनन् । उनले ५१ बलमा १०४ रन बनाए पनि अन्य ब्याटर सस्तैमा आउट भए । ह्यारी ब्रुक २७ रनमा नटआउट हुँदा अभिषेक शर्मा ११, राहुल त्रिपाठी १५ र एडिन मारक्रम १८ रनमा आउट भए ।

    बलिङतर्फ माइकल ब्रेसवेलले २ विकेट लिए । यस्तै मोहम्मद सिराज, शाहबाज अहमद र हर्षल पटेलले समान एक–एक विकेट लिए ।

    प्लेअफमा पुग्ने सम्भावना कायम

    यो जितसँगै बैंग्लोरले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । बैंग्लोर १३ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा उक्लेको छ र शीर्ष चारको होडमा कायम छ । बैंग्लोरले अब आफ्नो अन्तिम खेलमा जितेमा प्लेअफ पुग्नेछ । मुम्बईको पनि समान १४ अंक नै भएपनि नेट रनरेटमा बैंग्लोरअघि छ ।

    अब आईपीएलमा सबै टिमले १-१ खेल खेल्न बाँकी छ । अहिलेसम्म साविक विजेता गुजरात टाइटन्सले प्लेअफमा स्थान बनाइसक्दा हैदरावाद र दिली क्यापिटल्स बाहिरिसकेका छन् ।

    लिगमा शुक्रबार पञ्जाब किंग्स र राजस्थान रोयल्सबीच खेल हुनेछ भने शनिबार चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्स तथा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुनेछ । यस्तै आइतबार मुम्बई र हैदरावाद तथा बैंग्लोर र गुजरातबीच खेल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑