• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    औंलो रोगको उच्च जोखिममा वीरगन्ज महानगर

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०८०, बिहीबार १७:५५
  • १४०९

    वीरगन्ज । पर्सा जिल्लाका १४ पालिकामा मध्ये वीरगन्ज महानगरपालिका अलौं रोगको सबैभन्दा बढि जोखिममा रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।औंलो रोग नियन्त्रण बारे सरोकारवाला निकायसंगको समन्वय बैठकमा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले यस्तो बताएका हुन् । बिहीबार वीरगन्जमा आयोजित उक्त बैठकमा बोल्दै जनस्वास्थ्य अधिकृत ठाकुरले वीरगन्ज महानगरपालिका , जिल्लाका अन्य १३ पालिका भन्दा बढि जोखिममा रहेको बताए ।जिल्लाको सदमुकाम समेत रहेको वीरगन्ज , देशकै एक प्रमुख शहरपनि भएकाले यहाँ छिमेकी मुलुक भारत तथा देशका अन्य जिल्लाबाट मानिसको आवागमनपनि बढि हुने भएका कारण बढि जोखिममा रहेको उनले बताए ।

    यसका साथै वीरगन्ज महानगरका अधिकांश नाला र ढल जाम हुदाँ पानीको बहाव नहुने गरेकोले त्यसले लामखुट्टेका लागि वातावरण थप अनुकुल बनाएकाले औंलोको जोखिम उच्च भएको ठाकुरले बताए । ठाकुरले भने,‘ जहाँको नाला र ढलमा जाम भएर पानी जम्छ त्यहा लामखुट्टे झन धेरै फस्टाउछ , लामखुट्टे जहाँ बढि हुन्छ त्यहाँ औंलोको जोखिम स्वत उच्च हुन्छ , वीरगन्जको अवस्था यहि छ । बैठकमा ठाकुरले पर्सामा आर्थिक वर्ष २०७९/०८० मा औंलोको एक जना मात्र बिरामी भेटिएको जानकारी पनि गराए । आर्थिक वर्ष २०७९/०८० मा ३ हजार ६६५ जनाको रगत परिक्षण गर्दा १ जनामा मात्र औंलो रोग भेटिएको र ती व्याक्ति पनि भारतबाट घर फर्किएका रहेको उनले बताए ।

    उनका अनुसार , त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा भने पर्सामा ३ हजार ६३० जनाको परिक्षण गर्दा औंलोका ३ जना बिरामी भेटिएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ४६६ जनाको परिक्षण गर्दा एक जना पनि औंलो रोगी नभेटिएको ठाकुरले बताए । नेपाललाई सन् २०२५ सम्म औंलोका रोगीको संख्या शुन्यमा झार्ने लक्ष्यका साथ राष्ट्रिय औंलो निवारण कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउँदै ठाकुरले मधेस प्रदेशमा भने चालु आर्थिक वर्षमा भने औंलोका ४४ जना बिरामी मात्र भेटिएको जानकारी गराए । मधेस प्रदेशका आठ जिल्ला मध्ये सबैभन्दा बढि सर्लाहीमा २३ जना , धनुषामा १० जना , रौतहट र महोतरीमा ३/३ जना , सिराहामा २ जना तथा पर्सा, बारा र सप्तरीमा १/१ जना औंलोका रोगी भेटिएको ठाकुरले बताए ।

    कार्यक्रममा सहभागी नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले वीरगन्ज महानगर बढि जोखिममा भएकाले यसलाई मध्यनजर गरि महानगरपालिकाको कार्यालयले नाला ढल सहित शहरको सरफाईमा विशेष ध्यानदिनु पर्ने सुझाव दिए । स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यतामा भएको समन्वय बैठकमा वीरगन्ज महानगरपालिकाको सरसफाई महाशाखाका प्रमुख सरफुदिन मियाँका साथै वीरगन्ज महानगरपालिकाका स्वास्थ्यकर्मी ,नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा , सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष , सुरक्षाकर्मी , सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑