• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नातिलाई छोरा बनाएर नागरिकता लिएको आरोपमा वडाध्यक्ष सहित २६ जनाविरुद्ध पक्राउ पुर्जी

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०८०, बिहीबार १२:२९
  • २२०१

    सप्तरी । सप्तरीमा विवाहीत छोरीका छोरा (नाती)लाई आफ्नो छोरो बनाएर झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाउने कार्यमा संलग्न भएको आरोपमा वडाध्यक्षदेखि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सहित २६ जना विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत सप्तरीले राजविराज नगरपालिका– ११ का एक व्यक्तिको नागरिकता बनाउन सिफारिस गर्नेदेखि वडाध्यक्ष, वडासचिव, नागरिकता बनाउने प्रशासकीय अधिकृतसहित प्रशासनका चार कर्मचारी, तीन प्रहरी र स्थानीयसहित २६ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो । राजविराज नगरपालिका– ११ निवासी सूर्यनारायण यादवले विवाहित छोरीका छोरा (नाती) सतिश यादवलाई आफ्नो छोरा भनेर झुटो विवरण पेस गरेर २१ फागुन ०७९ मा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट १६–०१–७९–११६३१ नम्बरको नागरिकता लिएका थिए । जिल्ला सरकारी वकिल कार्यालयमार्फत २०८० बैशाख ३१ गते २८ जनाविरुद्ध मुद्दा दायर भएकामा अदालतले १ जेठमा सूर्यनारायण र सतिशलाई जनही एक लाख धरौटीमा छाडेको छ ।

    तर, फरार करार भएर मुद्दा दायर भएका २६ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको अदालतका स्रेस्तेदार कुमार मास्केले बताए । सरकारी वकिल कार्यालय सप्तरीबाट ३१ वैशाखमा नागरिकता प्रकरणमा २८ जनाविरुद्ध मुद्दा चलेको थियो । जसमा २६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सतिशको जन्ममिति १९ साउन ०६१ भनेर नागरिकता लिइएको छ । तर, यो हिसाबले सतिशको जन्म हुँदा उनकी आमा भनिएकी सुर्जीदेवी यादवकोे उमेर ५४ वर्षको हुन आउने देखिन्छ । सुर्जीदेवी सतिशकी हजुरआमा हुन् । नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाको डिएनए परीक्षणबाट पनि सतिश सूर्यनारायण र सुर्जीदेवीको जैविक सन्तान नभएको र छिमेकीले पनि छोरीको छोरा भनेको अदालतमा दायर मुद्दामा उल्लेख छ ।

    विश्वस्त स्रोतका अनुसार सूर्यनारायणकी छोरीले भारतमा विवाह गरेकी थिइन् । तर, उनी आफ्ना छोरा सतिशससहित सानैदेखि राजविराजमा बस्दै आएकी छिन् ।उनले राजविराज– २ मा रहेको पशुपति बोर्डिङ स्कुलमा एसइईसम्मको पढाइ गरेको र स्थानीय वल्र्ड भिजन कलेजमा ११ मा भर्ना भएको दाबीसहितको बयान सरकारी वकिलको कार्यालयमा दिएका थिए । तर, कलेजले नेपाली नागरिकता मागेपछि सूर्यनारायण बुबा र सुर्जीदेवी आमा रहेको भनेर ११ फागुनमा वडा कार्यालयबाट सिफारिस लिएका थिए । नागरिकताको सिफारिस लिँदा यादवको पुरानो जन्मतदर्ता च्यातेर नयाँ बनाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । २१ फागुन ०७९ मा प्रशासनमा नागरिकताका लागि निवेदन पेस सोही दिन १६–०१–७९–११६३१ नम्बरको नागरिकता जारी भएको थियो । सतिशलाई छोरा बनाएर झुटा विवरण पेस गरी नागरिकता लिएको भन्दै उजुरी परेपछि प्रहरीले ७ चैत ०७९ सूर्यनारायण र सतिशलाई पक्राउ गरेको थियो ।

    प्रहरीले झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिने र सो कार्यमा संलग्न रहेका आरोपमा २८ जनाविरुद्ध नेपाली नागरिकता ऐन, २०६३ को कसुरअन्तर्गत मुद्दा चलाएको छ । जसमध्ये पाँचजनाविरुद्ध नेपाली नागरिकता ऐन, २०६३ को दफा २१ (३) र २३ जनाविरुद्ध सोही दफा को ७ कसुर गरेको अभियोगमा मुद्दा चलिरहेको छ । दफा २१ (३) अनुसार कसैले नेपाली नागरिकताको झुटो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने–गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यो दफाअन्तर्गत नक्कली बुबा बनेका सूर्यनारायण र नक्कली छोरा सतिश, राजविराज नगरपालिका– ११ का वडाध्यक्ष उदीतनारायण यादव, वडासचिव हरिनारायण यादव र स्थानीय रामदेव साहविरुद्ध मुद्दा चलेको छ ।

    झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाउन मद्दत, उद्योग गरेको अभियोगमा मुद्दा चलेको छ । यो कसुुरमा नेपाली नागरिकता ऐन, २०६३ को दफा (१) (२) र ३ अन्तर्गत हुने सजायको आधा सजाय हुने व्यवस्था छ । यो कसुरअन्तर्गत प्रहरी सहायक हवल्दार नारायणकुमार महतो, प्रहरी सहायक निरीक्षक महेन्द्र चौधरी, प्रहरी जवान रामईश्वर मण्डल, नागरिकता जारी गर्ने जिल्ला प्रसाशन कार्यालय सप्तरीमा थप कामकाजमा कार्यरत शाखा अधिकृत किशोरकुमार राम, प्रशासनमै कार्यरत नायब सुब्बा सुशील कर्ण र प्रशासनका खरिदार सञ्जीवकुमार साह र सुरज नेपालविरुद्ध मुद्दा चलेको छ ।

    त्यस्तै, स्थानीय भुवनेश्वरप्रसाद यादव, कुशेश्वरप्रसाद यादव, देवकृष्ण यादव, शत्रुधनप्रसाद यादव, देवु यादव, चुल्हाई यादव, विराजी यादव, रामदेव यादव, राधेश्याम यादव, रामकिसुन यादव, रामकिसुन यादव (१), प्रभु यादव, कप्लेस्वर यादव, नारायणप्रसाद यादव, दशरथ यादव, ओशोदेवी यादवविरुद्ध पनि सोही कसुरमा मुद्दा चलाइएको आजको नयाँ पत्रिका दैनिकमा सप्तरीबाट सौरभ यादवले लेखेका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑