• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चित्रसेनकलीले पाँच वर्षको अन्तरालमा जन्माइन् दोस्रो सन्तान

  • वीरगंज संजाल
  • २१ बैशाख २०८०, बिहीबार १३:१९
  • १८१३

    बारा । चितवन राष्ट्रिय निकुञ्जबाट छावा (सन्तान) को मुख हेर्न गोविन्दे मत्ता (भाले हात्ती) एकसाता अघि पर्सा राष्ट्रिय निकुञ्जको मनहरी, प्रतापपुरमा आइपुगेको छ । चित्रसेनकली ढोई (पोथी हात्ती) लाई २२ महिनाअघि गर्भधारण गराएको गोविन्दे आफ्नो सन्तान जन्मनु एक दिन अघि मात्रै पर्सा राष्ट्रिय निकुञ्ज आइपुगेको हो । चित्रसेनकलीले गत शनिबार भाले छावालाई जन्म दिएकी छिन् । यो उनको दोश्रो बेत हो । चित्रसेनकलीले पहिलो सन्तानको रूपमा ५ वर्षअघि पर्सा राष्ट्रिय निकुञ्ज हात्तीसारमा भिमाकलीलाई जन्माएकी थिइन् । हात्ती विज्ञ डा. अशोक रामले मत्तालाई यो ढोईको गर्भमा आफ्नो बच्चा छ भन्ने ज्ञान हुने भएकाले जहाँ भए पनि बच्चा जन्मने समयमै टुप्लुक्क आइपुग्ने बताए ।

    ‘गोविन्देलाई चित्रसेनकलीको गर्भमा आफ्नो बच्चा छ भन्ने पहिले नै थाहा थियो र यतिबेला जन्मिछ भन्ने पनि ज्ञान भएकोले बच्चा जन्माउनु एक दिन अघि नै गोविन्दे प्रतापपुरमा आइपुगेको हो’ हात्ती विज्ञ डा. अशोक रामले भने ‘हात्तीको धेरै स्वभाव मानिसको जस्तै हुन्छ । हात्तीले जुनसुकै कारणले आफ्नो साथी वा परिवारका सदस्यहरूको मृत्यु भएमा मृत्यु भएको ठाउँसम्म पुगेर सतगत पनि गर्दछ ।’ सम्भवतः प्राणी जाती (विशेष गरी भाले प्रजाति) मा मानिसपछि आफ्नो सन्तानलाई चिन्ने हात्ती नै भएको पनि उनले बताए । । आगामी बुधवार १२ औँ दिनको दिन चित्रसेनकलीको दोस्रो सन्तानको न्वारन र नामकरण गर्ने कार्यक्रम रहेको निकुञ्जले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जभित्र हाल भिमाकली र उनको नवजात भाइसहित १३ वटा हात्ती छन् । निकुञ्जकी पशु चिकित्सक डा. चन्द्रकला रानाले ढोई र छावा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छिन् । ‘सुत्केरी ढोई र उसको छावालाई अन्य हात्तीले आक्रमण नगरोस् भनेर सुरक्षित ढङ्गले घेराबारा गरेर राखिएको छ भने ढोईको खानपानमा पनि विशेष ध्यान पु-याइएको छ,’ पशु चिकित्सक डा. रानाले भनिन् ।

    सामान्यतया ढोईले गर्भधारण भएको २२ देखि २४ महिनामा छावा जन्माउने गर्छिन् । गर्भवती ढोईलाई बच्चा जन्माउने ३-४ महिनाअघिदेखि नै विशेष स्याहारसुसार र खानपानमा ख्याल राख्ने गरिन्छ । साथै सुत्केरी भएको एक वर्षसम्म निकुञ्जले निगरानी राख्ने पशु चिकित्सक डा. रानाले जनाएकी छिन् ।
    ‘ढोई सुत्केरी हुन ३-४ महिनाअघिदेखि नै बेलुका करिब २ केजी चना भिजाएर बिहान दानामा मिलाएर खुवाइन्छ भने सुत्केरी भएपछि पनि ३ महिनासम्म अन्य अवस्थामा भन्दा दोब्बर खुराक खुवाउनुपर्दछ’, सुत्केरी ढोईको स्याहारसुसारमा खटिएका एक माउतेले भने । सामान्य अवस्थामा हात्ती ( मत्ता / ढोई )लाई दैनिक १५ किलो धान, डेढ किलो सख्खर, २५ ग्राम नुन मौसम अनुसारको घाँस परालमा मिलाएर खुवाइन्छ । तर, सुत्केरी ढोईको हकमा भने थप ७ किलो ५ सय ग्राम चामलको खिर, थप डेढ केजी सख्खर, डेढदेखि २ केजी भिजाएको चना र २० किलो उखु खुवाउने गरिन्छ । छावालाई १ वर्षसम्म पूर्ण रूपमा आमा (ढोई )को दूध मात्रै खुवाइन्छ भने दोस्रो वर्षदेखि सामान्य ठोस् कुराहरू खुवाइने निकुञ्जले जनाएको छ । हात्ती दूरदर्शी प्राणी भएको र एक ठाउँमा एक प्रजातिको खाना खाएर मलमूत्रको माध्यमबाट अर्को ठाउँमा पुर्‍याएर नयाँ बिरुवाहरू उत्पादन गर्न मद्दत पुर्‍याउने भएकोले यसलाई ‘ईकोलोजिकल ईन्जिनियर’ समेत भन्ने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑