वीरगञ्ज । विश्व प्रेस दिवसको अवसरमा मधेश प्रदेशका ८ जना वरिष्ठ सञ्चारकर्मी सम्मानित भएका छन् । प्रदेशको प्रत्येक जिल्लाबाट एकजना वरिष्ठ पत्रकारलाई नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिले सम्मानित गरेको हो । सम्मानित हुनेमा पर्सा जिल्लामा वरिष्ठ पत्रकार लालबाबु शेख रहेका छन् । प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहेका शेखलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फूलमाला लगाइ दोशाल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरे ।
त्यसतै सम्मानित हुनेमा बारा जिल्लाबाट गम्भिरा सहनी, सर्लाहीबात शङ्कर श्रेष्ठ, महोत्तरीबात दशरथ भण्डारी, धनुषाबात वी.एम. खनाल, सिराहबात व्यास शङ्कर उपाध्याय र रौतहटबात शिव पूरी रहेका छन् । रौतहटको चन्द्रनिगाहपुरमा बुधबार आयोजित एक कार्यक्रमका बीच सबैलाई मुख्यमन्त्री यादवले सम्मानित गरेका थिए । पत्रकारिता पेशामा सक्रिय रुपमा लागेका उनीहरुलाई मधेश पत्रकारिता सम्मानबाट सम्मानित गरिएको नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णले बताए ।
सम्मानित हुने पत्रकारहरु लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध भई सक्रिय रुपमा क्रियाशिल रुपमा पत्रकारिता पेशा अंगाल्दै आएको अध्यक्ष कर्णले बताए । नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ रौटहट शाखाको व्यवस्थापनमा आयोजित सञ्चार सम्मेलनमा मधेश प्रदेशको सञ्चार कानूनको सम्बन्धमा अन्तरक्रियासमेत गरिएको थियो । कार्यक्रमका बीच आठवटै जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो ।