• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चीनमा बढे बेरोजगार, युवालाई गाउँ पठाउने नीतिको विरोध

  • वीरगंज संजाल
  • २० बैशाख २०८०, बुधबार १४:३१
  • १८४५

    वीरगंज | बेरोजगार बढेपछि चीनको ग्वाङ्झाओ प्रान्तले युवालाई गाउँ पठाउने नीति अघि सारेको छ । उत्पादन हबका रूपमा चिनिने ग्वाङ्झाओ प्रान्तले ३ लाख बेरोजगार युवालाई जागिरका लागि ग्रामिण इलाकामा पठाउन लागेको हो । ग्रामीण इलाकाको अर्थतन्त्र चलायमान बनाउने राष्ट्रपति सी जिनफिङको नीति अनुरूप त्यस प्रान्तले युवाहरूलाई ग्रामिण इलाका पठाउने निर्णय गरेको सीएनएनले जनाएको छ । चिनियाँ नेता माओत्सेतुङ्ले पनि शहरका लाखौं युवालाई ग्रामिण इलाकामा पठाएका थिए । ग्वाङ्झाओ प्रान्तमा १६ देखि २४ वर्ष उमेर समूहका जनसंख्यामा बेरोजगार दर १९ दशमलव ६ प्रतिशत पुगेको छ । यस तथ्यांक अनुसार करिब १ करोड १० लाख युवा बेरोजगार छन् । बेरोजगार युवाहरूको संख्या अझै बढेर १ करोड ६० लाख पुग्ने अनुमान छ ।

    ‘कोरोना कालपछि धेरै शिक्षित युवा बेरोजगार छन् । शहरी इलाकामा शिक्षित युवाहरूलाई रोजगारको प्रबन्ध मिलाउनु चिनियाँ कम्युनिस्ट पार्टीका लागि सबैभन्दा ठूलो टाउको दुःखाइको विषय बनेको छ,’ अनुसन्धानकर्ता एलेक्स क्याप्री भन्छन् । ती युवाहरूलाई ग्रामिण इलाकामा पु¥याउँदा त्यहाँको अर्थतन्त्र पनि पुनरूत्थान हुने र गरिबी निवारणमा सहयोग पुग्ने उनले बताए । युवाहरू नै बेरोजगार हुँदा चीनको अर्थतन्त्र विकास नै सुस्त भएको उनले बताए । चीनको कडा कोभिड नीतिका ८० प्रतिशत रोजगारी धानेको निजी क्षेत्र तहसनहस भएको थियो । चीनका युवाहरू दशकयताकै शिक्षित युवामा गनिन्छन् । अर्थतन्त्रको गति धीमा हुँदा शिक्षित युवाहरूलाई समेत रोजगारीका लागि अप्ठेरो परेको छ । शिक्षित युवाहरूलाई समेत रोजगारी सुनिश्चित नहुँदा युवा पुस्ताहरू उच्च शिक्षामा आकर्षित हुन छोडेका छन् ।

    एक पसल अगाडि राखिएको कोङ् यी जीको प्रतिमा । उनी लु सुनको एक कथाको पात्र हुन् । बेरोजगारीको दर बढ्दै गएपछि अहिले चीनमा कोङ् यी जीको मिम भाइरल भइरहेको छ । २० औं शताब्दीका शिक्षित ती युवा गरिबीमै बाँचेका थिए । उनी शारिरीक श्रममा धेरै गर्व गर्थे । शिक्षित युवा बेरोजगारहरूले शैक्षिक प्रणालीकै मजाक उडाउन थालेका छन् । पढेर अनपढले गर्ने श्रम चुन्ने वा नपढेरै त्यस्ता श्रम गर्ने भन्ने द्विविधामा उनीहरू परेका हुन् । ‘राज्यले अबलम्बन गरेको पुँजीवादको मोडलमा शिक्षित भएर पनि सामाजिक हैसियत कायम हुनसक्ने भन्दै युवाहरू निराश छन् । आफ्ना शीप र ज्ञानको उचित प्रयोग नहुने हो की भन्ने चिन्ता उनीहरुमा छ,’ क्रेग सिंग्लट्न भन्छन् ।

    युवालाई गाउँ पठाउने नीतिको विरोध

    राष्ट्रपति सीको हालको नीतिको विरोधमा कोङ् इजीको मेम र ह्यास्ट्याग प्रयोग बढ्दै गएपछि अधिकारीहरूले त्यसलाई प्रतिबन्ध लगाउने प्रयत्न गरेका छन् । रोजगारीका सवालमा युवाहरूको चेत नै भिन्न भएकाले उनीहरू बेरोजगार हुनुपरेको चिनियाँ अधिकारीहरूको बुझाइ छ । शारिरीक श्रमका लागि युवाहरू अल्छी भएको व्याख्या उनीहरूले गर्छन् । गत महिना चिनियाँ सञ्चारमाध्यममा आलेख छापिएको थियो । त्यसको सन्देश थियो–गाउन फुकालेर खेतमा जाउ श्रम गर । त्यसको विरोधमा विद्यार्थीहरूले भनेका छन्, ‘हामीले योग्यता अनुसारको काम खोजेका हौं । हाम्रो शैक्षिक योग्यता अवमूल्यन गर्दै खेतमा पठाउने हास्यास्पद नीति खारेज गर ।’

    चीनको अर्थतन्त्र सुधारको क्रममा भए पनि युवा बेरोजगारको दर भने कहालीलाग्दो बन्दै गएको छ । शहरी इलाका बढ्दो बेरोजगारीले सामाजिक तनाव निम्त्याउन सक्ने भएकाले सीले गाउँ पठाउने नीति लिएको विश्लेषकहरूको बुझाइ छ । ‘सरकारले युवा बेरोजगारहरूको उचित व्यवस्थापन नगरे त्यसले राज्यप्रति भयानक वितृष्णा जन्माउनेछ,’ अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक जर्ज म्याग्नस भन्छन् । माओत्सेतुङको पालाको नीतिको सान्दर्भिकता हाल सकिएकाले सीले त्यसलाई पछ्याउन खोज्नुको कुनै तुक नरहेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पैदा भइरहेको छ ।

    – सीएनएनबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    News

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑