वीरगंज । बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रकहरू विरगञ्जबाट पोखरा तथा काठमाण्डौतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेको छ।
लिल्ला प्रहरी कार्यालय पर्साको मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०१।१८ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ घण्टाघर स्थित सडकखण्डबाट ना.३ ख ३९५० र ना.७ ख १६३१ नम्बरहरूको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.१,०६,००,०००।-(एक करोड छ लाख ) बराबरको ट्रक र सो ट्रक भित्र लोड
रहेको औषधी तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०१।१९ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।