आज:
  • होमपेज / Breaking News

    वनका हाकिमलाई सालक जोगाउने हुटहुटी

  • वीरगंज संजाल
  • ३ फाल्गुन २०७९, बुधबार ०८:५३
  • १४९७

    वीरगंज | सरकारी हाकिम भन्नासाथ सामान्य मानिसको दिमागमा नकारात्मक सोच आइहाल्छ । सरकारी जागिरबारे नेपालीमा पहिलेदेखि प्रचलित एउटा उखान छ : राजाको काम, कहिले जाला घाम । तर, मकवानपुरका एकजना सरकारी हाकिमका पछिल्लो एक वर्षको दौडधूप र तदारुकता देख्दा उक्त उखान सोह्रै आना गलत ठहरिन्छ । उनका गतिविधिले सरकारी कार्यालय पनि यस्तो हुन्छ र ? अनि, सरकारी कर्मचारी पनि यत्तिका मिहिनेती होलान् र ? भन्ने प्रश्न उब्जिन्छ ।

    मकवानपुरका दार्शनिक नेता रुपचन्द्र बिष्टका अनुयायीसमेत रहेका डिभिजन वन कार्यालय राप्ती, मनहरीका प्रमुख विष्णुप्रसाद आचार्य त्यस्तैमध्येका एक जना सरकारी कर्मचारी हुन् । मकवानपुरबासी समेत रहेका उनी अहिले मकवानपुरलाई चिनाउने दारको ठेकीको पहिचान घट्दै गइरहेको सन्दर्भमा मकवानपुरमा पाइने लोपोन्मुख वन्यजन्तु सालक (गाउँघरमा सालक माछा पनि भनिन्छ) को संरक्षणमा जुटेका छन् ।

    उक्त अभियानमा लागिपरेका आचार्य सालकलाई मकवानपुरको पहिचान बनाउने अभियानमा होमिएका हुन् । मकवानपुरका ६० वटाभन्दा बढी सामुदायिक वनमा पाइने यो जीवले किसानको कुनै पनि हानी नोक्सानी नगर्ने बरु किसानको सारथीको रुपमा रहने गरेका पाइएको छ । तर यहि जीवको दिनानुदिन शिकार भइरहेको सन्दर्भलाई जोडेर अहिले राप्ती डिभिजन वन कार्यालयले सालक संरक्षणमा जोड दिइरहेको छ । आगामी शनिबार पर्ने सालक दिवसलाई तीन दिन लगातार मनाउने तयारी गरिएको छ । कार्यालयले सालकलाई मकवानपुरको गौरवको जनावरको रुपमा घोषणा गर्ने तयारीसमेत गरेको छ ।

    जिल्लाका दुर्गम गाउँबस्तीमा सालक संरक्षणसँगै चिउरी, चमेरो र चेपाङबीचको सम्बन्धलाई आर्थिकोपार्जनसँग जोड्न पहल गरिएको छ । त्यसैगरी मौरीपालन व्यवसायलाईसमेत अघि बढाउनेतर्फ डिभिजन वन कार्यालयका प्रमुख आचार्यले निरन्तर ध्यान दिइरहेको बताए । ‘हाकिम बनेर अफिसमै बसिरहने हो वा वन संरक्षणसँगै वन पैदावारको अधिकतम उपयोग गरी वनबाटै समृद्धि खोज्न भूमिका खेल्ने हो, हामी आफंैले बुझनुपर्ने कुरा हो’, उनले भन्ने ।

    आफ्नो कार्यक्षेत्रका अधिकांश सामुदायिक वनमा पुग्ने, दुर्लभ प्रजातिका वनस्पतिहरुको संरक्षण र वृद्धिका लागि भूमिका खेल्ने कार्यमा हाकिम निरन्तर लागिपरेका छन् । मकवानपुरमा हराउँदै गएको र मादल बनाउन प्रयोग हुने छतिवनको रुख, सतिसाल, पौराणिककालीन अशोकको बगैंचा जस्ता वनस्पतिहरुको संरक्षणमा उनले अभियानलाई जोड दिएका हुन् ।

    केही समयअघि ‘वातावरण शिक्षा’ नामको पुस्तक प्रकाशन गरी विद्यालय तहमा समेत पाठ्यसामग्रीको रुपमा वितरण गरिएको उनले जानकारी दिए । पछिल्लो समय सालकलाई मकवानपुरको गौरवको जीवको रुपमा घोषणा गर्न राजनीतिक तहबाट पनि पहल गराउने, सालक सम्बन्धी अनुसन्धानहरु गर्ने, स्थानीय सरकारलाई सालक संरक्षणका लागि थप जिम्मेवार बनाउन अनेकौं क्रियाकलापहरु गर्ने गराउने कार्यमा कार्यालय प्रमुख आचार्यको दैनिकी बितिरहेको छ । हालै सालक संरक्षण सम्बन्धी गीत रेकर्ड गरेर आगामी सालक दिवसको सन्दर्भमा सार्बजनिक गर्ने कार्यक्रम रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑