काठमाडौं- फागुन १ गतेबाट सवारी चालक अनुमति पत्र लिन ७० अंक ल्याए ट्रायाल परिक्षा उर्तिण हुने व्यवस्था गरिदै छ ।
दुर्घटनाबाट दैनिक ६ देखि ७ जनाको मृत्यु भइरहेपनि लाईसेन्स परिक्षालाई कसिलो बनाउनुको सट्टा झन् खुकुलो बनाउन लागिएको भन्दै कतिपयले बिरोध जनाएका छन् । यसैपनि दुर्घटना रोक्न नसकिरहेको बेला सवारी चालक अनुमती पत्र सिम कार्ड जसरी बाढ्न थालेपछि दुर्घटना बढ्ने सवारी विज्ञ बिमल बन्जाडे बताउँछन ।
‘यसै पनि सडकमा सवारीको नियमन हुन सकेको छैन’, बन्जाडेले भने, ‘सिम कार्ड जसरी लाईसेन्स बाडेर दुर्घटना बढाउन आफैँ उद्यत् हुनु सरकारको गैरजिम्मेवारीको पराकाष्टा हो । यो निर्णय तत्कालै सच्चाउन आवश्यक छ । नयाँ कार्यविधि जो कोही सजिलो पास हुन सक्छन् ।’