• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निजी क्षेत्रले राहत अनुभूत गर्न पाउँछन्: मन्त्री भण्डारी

  • वीरगंज संजाल
  • २२ माघ २०७९, आईतवार ११:२९
  • १२४९

    काठमाडौं: सरकारले नीतिगत प्राथमिकताको आधारमा सार्वजनिक गरेको साझा कार्यक्रम अबको ७/१० दिनपछि कार्यान्वयनमा ल्याउने भएको छ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साझा कार्यक्रममा सरकारले आन्तरिक तयारी गरिरहेको जानकारी दिए। अबको ७/१० दिनपछि निजी क्षेत्रले पनि अनुभूत गर्न पाउने उनले बताए।

    नेपाल मुद्रण उद्योग महासंघको ९औं वार्षिक साधारणसभामा उद्योगमन्त्री भण्डारीले निजी क्षेत्रले अनुभूत गर्ने गरी सरकार अघि बढ्ने बताए। ‘सरकारले नीतिगत प्राथमिकका आधारमा सार्वजनिक गरेको साझा कार्यक्रममा केही प्रतिबद्धता निजी क्षेत्रलाई पनि हुने गरी समेटेको छ। निजी क्षेत्रले छिट्टै देख्न पाउने छन्,’ उनले भने। संस्थागत रूपमा साझा विचार, समस्या लिएर आए सरकारले साथ दिने समेत उनले प्रतिबद्धता जनाए।

    नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले पछिल्लो समय निजी क्षेत्रको व्यवसाय प्रभावित भएकाले राज्यले व्यसायीलाई टिक्नसक्ने व्यवस्था गरिदिन अनुरोध गरे। बैंकको चर्को ब्याजदरले व्यवसायीहरू मारमा परेकाबारे पनि उनीहरूले गुनासो राखे।

    नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष खोमकान्त रेग्मी खुला सीमा, भन्सारको नीति, श्रमिकको अभाव, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर तथा राज्यका निकायहरूवाट नै स्वदेशमा उत्पादित सामग्री खरिद नगर्ने परिपाटीले मुद्रण उद्योगलाई ठूलो असर पारेको बताए।

    ‘सरकारबाट जारी गरिएका ऐन र नियमावलीको कार्यान्वयन र दक्ष जनशक्तिको उत्पादनमा राज्य गम्भीर भएमा यस क्षेत्रले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान पुग्ने महासंघको ठम्याइ छ’, उनले भने।

    महासंघका अध्यक्ष रेग्मीले मुद्रण उद्योगलाई वित्तीय संस्थानबाट सहुलियत ब्याजदरमा ऋण सुविधा उपलब्ध गराइनुपर्ने, प्राविधिक शिक्षामा मुद्रणसम्बन्धी विषयलाई समावेश गर्दै एक प्रदेश एक मुद्रण प्राविधिक शिक्षालय स्थापना गर्नुपर्ने, सरकारी छापाखानालाई एकद्वार प्रणालीबाट चलाउनु पर्ने लगायतका मागहरू राखेका छन्।

    भन्सार नीति सुधार गरी छपाइजन्य सामान छपाइ गरी आउँदा लाग्ने भन्सार सोही प्रकृतिको सामान तयार गर्न ल्याइने कच्चा पदार्थको भन्सारभन्दा एक तह बढी हुनुपर्नेमा उनले जोड दिए।
    अध्यक्ष रेग्मीले छापाखाना सञ्चालन गर्न आवश्यक पर्ने कच्चा पदार्थ मसी, कागज, केमिकल लगायतका सामग्री नेपालमै उत्पादन गर्न प्रोत्साहन गर्ने र स्वदेशी कच्चा पदार्थ प्रयोग गरेकोमा राज्यले प्राथमिकता दिने व्यवस्था मिलाइनुपर्ने बताए।

    देशमा हाल ४ हजारवटा मुद्रण उद्योगी र यससँग सम्बद्ध व्यवसायी छन्। १ लाख जनालाई प्रत्यक्ष रोजगारी पाएका छन्। ८ लाख मानिस यस क्षेत्रसँग आश्रित रहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑