• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाँकेमा दादुराका २६५ बिरामी, एकको मृत्यु

  • वीरगंज संजाल
  • ९ माघ २०७९, सोमबार १०:५०
  • २६०९

    नेपालगन्ज । बाँकेमा दादुरा महामारीकै रूपमा फैलिएको छ। जिल्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा दादुराका २ सय ६५ जना बिरामी फेला परेका छन्। नेपालगन्ज उपमहानगरपालिकामा एक जना दादुरा बिरामी बालकको मृत्यु भएको छ। संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आइतबार नेपालगन्जको दादुरा प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर बिरामीका परिवारसँग पनि भेट गरेका छन्। ‘मन्त्रीज्यूले दादुराबाट मृत्यु भएका परिवारका सदस्यलाई भेट्नुभयो। नेपालगन्जमा दादुरा नियन्त्रणका लागि विशेष पहल गर्ने बताउनुभयो’, नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले भने, ‘नेपालगन्जमा लक्षित वर्गभन्दा धेरै जनाले दादुरा रुबेलाविरुद्धको खोप लगाइएकाले अझ संक्रमण फैलिने सम्भावना निकै कम छ।’जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार १२ पुसमा पहिलो पटक नेपालगन्जको वडा नं. ७ मा ६ जना बालबालिकामा दादुरा फेला परेको थियो। २० पुसमा नेपालगन्ज ५ का २ वर्षका बच्चाको दादुराबाट मृत्यु भएको थियो। त्यतिबेलासम्म नेपालगन्जमा संक्रमण ३६ जनामा फैलिएको थियो। २२ पुसदेखि नै नेपालगन्जमा दादुराविरुद्धको खोप लगाउन सुरु गरिएको थियो। २४ पुसमा खजुरा गाउँपालिकामा दादुराका बिरामी फेला परेका थिए। ३ माघदेखि खजुरामा पनि दादुराको खोप लगाउन सुरु गरिएको छ। ४ माघमा नरैनापुर गाउँपालिकामा दादुराका बिरामी फेला परेका थिए। ५ माघदेखि नरैनापुरमा दादुराविरुद्धको खोप लगाउन थालिएको थियो।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका पाँच स्थानीय तहमा गरी २ सय ६५ जना दादुराका बिरामी फेला परेका छन्। कुल बिरामीको ७७ प्रतिशत अर्थात् २ सय ५ जना नेपालगन्जमा छन्। नेपालगन्जको १७ वडामा संक्रमण फैलिएको भए पनि ५ वटा वडामा २२ जनाभन्दा बढी दादुरा बिरामी भेटिएका छन्। वडा नं. ८ मा ३२, ७ मा ३०, १६ मा २७, ११ मा २५ र ५ मा २२ जना छन्। नगरमा अहिले पनि २६ जना दादुरा बिरामीको घरमै आइसोलेसनमा राखेर उपचार भइरहेको छ। १ सय ७८ जना निको भइसकेका छन् भने नेपालगन्ज उपमहानगरपालिका ५ मा २ वर्षका बालकको दादुराको उपचारको क्रममा मृत्यु भइसकेको छ। जिल्लाको दोस्रो धेरै दादुरा बिरामी नरैनापुर गाउँपालिकामा २६ जना छन्। त्यसैगरी खजुरा गाउँपालिकामा १८, डुडुवा गाउँपालिकामा १० र कोहलपुर नगरपालिकामा ६ जना दादुरा बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा नेपालगन्जमा २६, नरैनापुरमा २१, डुडुवामा ८, खजुरामा ४, कोहलपुरमा ४ जना गरी ६३ जनाको होम आइसोलेसनमा उपचार भइरहेको छ। नेपालगन्जको लक्षित समूहमा ४२ हजार ९ सय ८० जना रहेकोमा ४४ हजार ६ सय ४७ जना अर्थात करिब १०४ प्रतिशतले खोप पाएका छन्। खजुरामा १८ हजार ४ सय ५९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा १७ हजार ६ सय ६७ जना अर्थात् ९६ प्रतिशतले खोप लगाएका छन्। नरैनापुरमा १४ हजार २२ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ९ हजार ९ सय १३ जना अर्थात् ७१ प्रतिशतलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाका अन्य स्थानमा खोप लगाउने क्रम जारी रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन श्रेष्ठले बताए ।

    राति दादुरा, बिहान मृत्यु
    नेपालगन्ज उपमहानगरपालिका–५ कसाइ टोलका सलामत हुसैन शेख र जोया बानोका सन्तान ३१ महिनाका बलागत हुसैन शेखको दादुराबाट मृत्यु भयो। ‘एक हप्तादेखि बिरामी थियो। कहिले हल्का ज्वरो आउँथ्यो। एकलैनीको मेडिकलबाट औषधि ल्याएर खुवाउँदा निको हुन्थ्यो’, बलागतका जेठो बुबा सराफत हुसैन शेखले अन्नपूर्ण पोस्ट्सँग भने, ‘राति एक्कासि दादुरा आयो। बिहान अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।’ सराफत नेपालगन्ज–५ का वडाध्यक्ष पनि हुन्। उनले अरू कसैको सन्तानको दादुराबाट मृत्यु नहोस् भनेर सावधानी अपनाएको बताए। ‘१४०० बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउने लक्ष्य थियो। हामीले १६०० जनालाई खोप लगाइसकेका छौं। अब त कोही पनि खोप लगाउन बाँकी छैनन् होला’, उनले भने, ‘मेरो भतिजाको जस्तो अवस्था अरू कसैले भोग्न नपरोस् भनेर हामी सतर्क छौं। बिरामी भेटिने बित्तिकै सहयोग गरेका छौं।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑