पर्सा ।आर.के.पटेल। पर्साबाट निर्वाचित प्रदेश सांसद श्याम पटेलको स्वकीय सचिवमा युवा नेता शरिफ मियाँ नियुक्त भएका छन् । लामो समयदेखी नेविसंघसङ्ग आबद्ध रहि राजनितीमा सकृय रहेका युवा नेता शरिफ मियाँ प्रदेश सांसद श्याम पटेलको स्वकीय सचिवमा नियुक्त भएका छन् ।
मधेस प्रदेशको पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.२(क) बाट नेपाली काँग्रेसको तर्फबाट विजयी हुनुभएका सांसद श्याम पटेलले आफ्नो स्वकीय सचिवमा शरिफ मियाँलाई आधिकारिक नियुक्ती दिनु भएको बताउनु भएको छ । स्वकीय सचिव जस्तो पदमा रहने व्यक्ती एकदमै भरोसा गर्न सक्ने व्यक्ती हुनुपर्ने र हामी लामो समयदेखी सङ्गै काम गर्दै आएकोले शरिफ मियाँ बारे आफू राम्ररी परिचित रहेकोले उनलाई नियुक्त गरिएको प्रदेश सांसद पटेलले बताउनु भयो ।
आफुलाई स्वकिय सचिवमा नियुक्त गरेकोमा शरिफ मियाँले योगदानको कदर गरिएको बताएका हुन् । पछिलो ६/७ वर्ष देखि श्याम पटेललाई सहयोग गर्दै आएकोमा मैले गरेको सहयोगलाई सम्झी मलाई स्वकीय सचिवको जिम्मेवारी दिँदा आफुले गरेको योगदानको कदर गरे जस्तो अनुभव भएको शरिफ मियाँले बताएका छन् ।