• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विद्युत चुहावट सबै भन्दा बढि मधेस प्रदेशमा

  • वीरगंज संजाल
  • ५ माघ २०७९, बिहीबार १७:२४
  • १७४१

    वीरगंज । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९÷८० को पहिलो पाँच महिनामा विद्युत चुहावट १२.०५ प्रतिशतमा झारेको छ । गत असारसम्ममा १५.३८ प्रतिशत रहेको समग्र प्रणालीको विद्युत चुहावट पछिल्लो ५ महिनामा ३.३३ प्रतिशतले घटेर १२.०५ प्रतिशतमामा झरेको हो ।सबै भन्दा बढि विद्युत चुहावट मधेस प्रदेश र सबै भन्दा कम चुहावट लुम्बिनी प्रदेशमा रहेको छ । विद्युत चुहावट मधेस प्रदेशमा १२.८० प्रतिशत र लुम्बिनी प्रदेशमा ३.९७ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।यस्तै प्राधिकरणका अनुसार वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ७.४९ प्रतिशतमा झारिएको छ । नियमित रुपमा विद्युत आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्षको मंसिरसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.७४ प्रतिशत बिन्दुले घटाइएको छ । गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत चुहावट ९.२३ प्रतिशत थियो । गत आर्थिक वर्ष २०७८÷७९ मा वितरणतर्फको विद्युत चुहावट १०.८६ प्रतिशत थियो ।चालु आवको मंसिरसम्ममा वितरण प्रणालीमा ४ अर्ब १४ करोड ७५ लाख युनिट विद्युत प्राप्त भएकोमा ३ अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत बिक्री भएको छ । ३१ करोड ७ लाख ७९ हजार युनिट विद्युत चुहावट भएको छ ।

    मंसिरसम्म प्रसारण लाइनतर्फको चुहावट ४.५६ प्रतिशत छ । प्रसारण र वितरणतर्फ गरी मंसिरसम्ममा समग्र प्रणालीको विद्युत चुहावट १२.०५ प्रतिशत छ । गत असारसम्ममा समग्र प्रणालीको विद्युत चुहावट १५.३८ प्रतिशत थियो ।प्रणालीमा रहेको विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब सात वर्षअघि वितरणतर्फको चुहावट झण्डै २२ प्रतिशत रहेकोमा अहिले घटाएर ७.४९ प्रतिशतमा झार्न सफल हुनु ठूलो उपलब्धि भएको बताए । प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।‘यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको छ, सञ्चालमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको छ,’ उनले भने, ‘औद्योगिक क्षेत्रमा विद्युत खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ हुँदा चुहावट घटेको हो । ’

    हुकिङलगायतबाट हुने विद्युत चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेसन र फिडर लाइनहरुको सुदृढीकरण तथा नयाँ सबस्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काममा गरिएको ठूलो लगानीको नतिजा आएको उनले बताए ।जाडोमा पहाडी र गर्मीमा तराई क्षेत्रमा प्राविधिक चुहावट केही बढ्न सक्ने उल्लेख गर्दै घिसिङले यसलाई ध्यान दिंदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको बताए ।सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो ।गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महशुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑