वीरगंज।आर.के.पटेल। नेपाल सुशासन पार्टी मधेश प्रदेशका प्रदेश सभा सदस्य मनोहर हुसेनले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
हुसेनले सबै संयन्त्रलाई परिचालन गरी उद्धार कार्य तीव्र बनाउन सरकारलाई आग्रह गरेका छन् । घटनामा परि दिवंगत हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हुसेनले समवेदना प्रकट गरे ।
काठमाडौंबाट पोखराका लागि आज बिहान १०ः३० बजे उडेको चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको यति एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको घटना भएको थियो ।