• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वासको ‘ओभरलोड’ले बिथोलिएका प्रधानमन्त्री

  • वीरगंज संजाल
  • ३० पुष २०७९, शनिबार २२:१०
  • १५८९

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिगत नाम ‘विश्वास’ पनि थियो । तेस्रोपल्ट प्रधानमन्त्री बनेका उनलाई २६ पुसमा अभूतपूर्व रुपमा संसदमा मिलेको विश्वासको मतले विस्तारै थिच्दै लगेको प्रष्ट भएको छ ।

    शनिबार सरकारी निवास बालुवाटारमा केही मिडिया सम्पादकहरुसँग सवा घन्टा छलफलमा बस्दा उनीभित्र त्यसैको प्रतिच्छाया देख्न सकिन्थ्यो । अस्तिसम्म उनले एमाले र केही साझेदारलाई सुने पुग्थ्यो । अब भने कांग्रेस, लोसपा लगायतप्रति समेत दायित्वको ओभरलोड थपिएको छ ।

    ‘ओलीजी र मैले सरकार बनाउने सहमति गरेपछि कांग्रेस स्वतः प्रमुख प्रतिपक्ष बन्छ भन्ने कल्पना गरिएको थियो र त्यो एकदमै स्वभाविक सोचाइ थियो । तर कांग्रेस पनि मलाई विश्वासको मत दिने लाइनमा आइसकेपछि अब उसप्रति मेरो पनि दायित्व हुने भयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘माघ तीन गते सर्वदलीय बैठकमा मैले कांग्रेससहित मलाई विश्वास गर्ने दलहरुसँग राष्ट्रपति, सभामुख लगायत महत्वपूर्ण पदहरुमा के कसो गर्दा उपयुक्त हुन्छ भन्ने बारे छलफल गर्छु ।’

    उनले संसदमा तेस्रो शक्ति भइकन एकातिर एमालेको साथ पाउनु, अर्कातिर कांग्रेसले पनि साथ दिनुलाई बिजुलीको हाइटेन्सनमा राखिएका दुईवटा तारहरुसँग तुलना गरेका छन् । त्यस्ता नांगा तारहरु, जसमा अरु बेला माथिल्लो तार समातेर तल्लो तारमा टेक्दै हिँड्न मजै आउँछ । तर इमर्जेन्सी करेन्ट प्रवाह गरिएका बेला या हाइ भोल्टमा परेका बेला जे पनि हुन सक्छ ।’

    प्रचण्डले आजै शनिबार बिहान पनि एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् । उनका अनुसार त्यो छलफल मन्त्रिपरिषद् विस्तारमा केन्द्रित थियो । उनले दुई शीर्ष सत्ता साझेदारबीचको सहमति टुंगो नजिकै पुगेको जानकारी दिए ।

    उसो भए प्रचण्डले ओलीसँग राष्ट्रपति र सभामुख एमालेले पाउने भनी १० पुसमा गरेको सहमति अब खण्डित हुन लागेको हो त ? प्रचण्डले हाँस्दै ‘त्यस्तो टिप्पणी गरेर माहोल नबिगारिदिन’ अनुरोध गरे । एमाले अध्यक्ष ओलीले दुई दिनअघि एउटा भिडियोमा भनेका थिए, ‘एमालेको प्रस्तावमात्रै होइन, प्रयास समेतमा प्रचण्डजी प्रधानमन्त्री बन्नुभएको हो । यो कुरा ध्यान दिनुपर्छ ।’

    हामीसँगको कुराकानीका क्रममा कताकति प्रचण्डले सत्ताका मुख्य हिस्सेदार ओलीलाई घुमाउरो किसिमले जवाफ दिन खोजेको प्रतित हुन्छ । ‘विश्वासको मत प्रकरण’ पछि प्रचण्डले आफ्नो सरकारमाथि ओलीको एकाधिकार सक्दो खुकुल्याउन कोशिस गर्दै गरेका सूचना मिलेका छन् । यसअघिको सहमति अनुसार राष्ट्रपति र सभामुख एमालेले पाउने निर्णय भएको थियो । तर अब प्रचण्ड उच्च संवैधानिक पदमा आफू अनुकुल पात्रको खोजीमा सक्रिय भएको स्रोतहरु बताउँछन् ।

    आज बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग गरेको भेटलाई त्यसैको उदाहरणका रुपमा हेरिएको छ । ‘सबैलाई अनुकुल हुने पात्रको खोजी स्वभाविक हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘एमालेकै नेता आउनुभयो भने पनि पात्र को हो भन्नेमा प्रधानमन्त्रीज्यूको चासो हुन्छ ।’

    प्रचण्डले हिजोआज आफूलाई राष्ट्रिय सहमतिको प्रधानमन्त्री भन्ने वाक्यांशमा जोड दिने गरेका छन् । अबका अरु नियुक्तिहरुमा पनि राष्ट्रिय सहमतिकै भावना प्रतिनिधित्व हुने उनको भनाइका अनेक अर्थ लगाउन थालिएको छ । एमालेबाहेकका अन्यथा पात्र अघि सर्ने अवस्था उत्पन्न भएमा एमाले र माओवादी केन्द्रबीचको विश्वास फेरि भत्कन सक्ने छ । आगामी दुई वर्षसम्म संसदमा दाहालविरुद्ध कसैले अविश्वास प्रस्ताव ल्याउन नपाउने भए पनि मुख्य सत्ता साझेदारले हात झिकेको अवस्थामा उनले पुनः विश्वासको मत लिनुपर्ने अवस्था उत्पन्न हुन सक्छ ।

    ‘त्यसैले अहिले मलाई धेरै बोल्न नलगाउनुहोस्, बरु न्यूनतम साझा कार्यक्रममा लेखिएका कुराले नै मेरो भावना प्रतिनिधित्व गर्छन् भन्ने ठान्नुहोस्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले त्यसैमा आधारित भएर सुशासन, डेलिभरी लगायत कोशिस गर्छु । हरेक दिन सिंहदरबार जान्छु ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑