वीरगंज ।राजन कुमार बानिया। पर्साको पटेर्वा सुगौली गाउँपालिकाले आफ्नो २०७९/०८० को दोस्रो कार्यकाल को दोस्र बिशेष अधिबेशन को गाउँ सभा बैठक अाज सम्पन्न गरेको छ । सभा पटेर्वा सुगौली गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो । अधिवेशन गाउँ सभाको उदघाटन पटेर्वा सुगौली गाउँपालिका प्रमुख दिनेश चौधरीले गर्नु भएको थियो।
गाउँपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा सम्पन भएको बैठकमा गाउँपालिका उप ममता महतो , पटेर्वा सुगौली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव , वडा अध्यक्ष बिजय गैरे, गिरी,बिपिन मुखिया,फरमान मियाँ , माधव राउत थारु,बासु पंजियार थारु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, पत्रकार,कर्मचारी लगाएतको सहभागिता रहेको थियो । सभामा प्रमुख प्रसाशकिय अधिकृत सन्देश यादवले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन सञ्चालन शिक्षा शाखा प्रमुख शम्भु साहले गरेका थिए ।
सभा कार्यपालिका सदस्यहरुले उठाएका बिभिन्न प्रश्नहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष चौधरी ले बिगतमा भएकामा कमी कमजोरीलाई सच्याउँदै गाउँपालिका सम्पूर्ण कार्यहरुलाई जनमैत्री तथा चुस्त दुरुस्त बनाउँन दावी गरे ।कार्यक्रम मा २०७९/०८० मा हाल सम्म कार्यक्रम को प्रगती समीक्षा,।बिभिन कार्यक्रम संशोधन सम्बन्ध मा। बिभिन बिधेयक स्वीकृत गर्ने समबन्धमा र कर्मचारी दरबन्दी स्वीकृत गर्ने ४ बुन्दा मा विशेष छलफल गरि पारित गरिएको हो।