रौतहट । रौतहट–३ बाट निर्वाचित प्रभु साहले आफूले प्रतिपक्षी बेन्चमा बस्छु नभनेको प्रष्टीकरण दिएका छन् ।
२५ पुसमा बस्ने प्रतिनिधिसभा बैठकका लागि संघीय संसद सचिवालयले सांसदहरुको सिट तय गरिसकेको छ । साहले प्रतिपक्षी बेञ्चमा बस्ने भनी संसद सचिवालयलाई जानकारी गराएको भन्ने समाचार आएपछि उनले त्यसको खण्डन गरेका हुन् ।
आफ्नो नाम जोडी संसदको प्रतिपक्षमा बस्ने भनी आएको समाचार गलत भएके उनले सामाजिक सञ्जालमा लेखेका छन् ।