• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    माटाका भाडा फुटाएर मनाइयो छ्याला पुन्ही

  • वीरगंज संजाल
  • २२ पुष २०७९, शुक्रबार १७:१२
  • १२६५

    वीरगंज । चोक, दोबाटो, चौबाटोहरूमा माटाका पुराना भाडाहरू फुटाएर शुक्रबार भक्तपुरमा छ्याला पुन्ही मनाइएको छ। यसलाई मिला पुन्ही पनि भनिन्छ। मिला महिना अर्थात आगो ताप्ने महिना भएकाले मिला पुन्ही भन्ने गरिएको छ। माघ महिनामा धेरै जाडो हुने भएकाले यो महिनामा आगो बालेर ताप्ने चलन छ। युवा संस्कृतिविद् ओम धौभडेलका अनुसार छ्याला पुन्हिको दिनमा मात्र माटाको भाडा फुटाउने परम्परा रहेको छ। नेवार समुदायमा माटाका भाडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्र्याउने परम्पराअन्तर्गत छ्याला पुन्हीको दिन फाल्न लाने र दशैंमा भित्र्याउने परम्परा रहेको संस्कृतिविद् धौभडेलले बताए।

    उनका अनुसार अहिले जस्तो प्लास्टिक, पितल, तामाको भाडाकुडाहरू नभएको बेलामा पहिला खाना पकाउनेदेखि लिएर सबै चिजका लागि माटाको भाडाकुडाहरू प्रयोग हुने गर्दथ्यो। चिरा परेका, काम नलाग्ने भाडा घरमा राखिराख्दा अशुभ हुने जनविश्वासका साथ वर्षमा एकपटक छ्याला पुन्हीका दिन भाडा चोकमा फालिने गरेको उनी सुनाउँछन्। उनले अरूबेला भाडा फाल्दा फोहोर हुने भएकाले एकैदिन सबैले आफ्नो नजिको चोकमा भाडा फाल्न प्रचलन रहेको बताउँछन्।’छ्याला पुन्हिको दिन टोलको मध्यभागमा रहेको छ्वास (टोलको चौबाटोमा रहेको ठूलो ढुंगा) मा माटाको भाडाहरू फालिन्छ’, उनले भने। छ्यास भन्नाले नगरको अथवा टोलको रक्षा गर्ने देवता र नेपाली भाषामा खस्तिका देवी (अजिमा) भन्ने गरिन्छ, थपे उनले। भाडाहरू फाल्ने भनेर जहाँ पायो त्यही नफाल्ने उनको भनाइ छ।

    यो दिनलाई वर्षको फोहर फाल्ने अन्तिम तोकिएको दिन हो। यसरी यो दिन नगरभरिका दर्जनौ ठाउँमा भाडा फुटाइराखेको देखिन्छ। पर्वलाई जीवन्तता दिनसके एकातिर परम्परागत भाँडाकुँडा बनाउने पेशा जगेर्ना हुने र अर्कोतिर संस्कृति जीवन्त हुने एकथरी मानिसको विश्वास छ। माटाका भाडाको स्थान प्लाष्टिकका भाडाले लिन थालेको छ। यसकारण यहाँका माटाका भाडाकुँडा बनाउने कुमालेहरू पनि व्यवसायबाट पलायन हुन थालेका छन्। नेवार समाजको सभ्यताको सुरुवातदेखि नै यो प्रचलन चलेको बताइन्छ। साथै अहिलेको परिस्थिति हेर्दा यो पर्व लोप हुन सक्नेतर्फ पर्वप्रेमीहरू चिन्ता प्रकट गर्छन्। अरू सबै पुन्ही, जात्रा पर्वमा भोज खाने गरिए पनि यो दिन भने कुनै भोज हुँदैन। सामान्यतया यही माटाका भाडाहरू फाल्न लाने मात्रै गरिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑