वीरगंज । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन्। बुधबार बिहान भएको संसदीय दलको निर्वाचनमा यादवको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई संसदीय दलको नेता बनाउन चाहेका थिए। दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राई,राजकिशोर यादव र रामसहाय प्रसाद यादव दलको नेतामा प्रमुख दाबेदार थिए।
उनी बारा-२ बाट निर्वाचित सांसद हुन्। यादव यसअघि बनमन्त्री थिए। प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्।