वीरगंज ।आर.के.पटेल। जिल्ला प्रहरी कार्यालय पर्साद्वारा भन्सार छली ल्याइएका चामल,गहुँ र धान लोड गरेको २ वटा ट्याक्टर पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.१७ तिलावे पुल स्थित सडकखण्डमा ना.७ त ५२५१ र ना.६ त ४२०४ नम्बरको ट्याक्टरमा भन्सार छली चोरी पैठारी गरी वीरगञ्ज तर्फ ल्याउदै गरेको २ वटा ट्याक्टर पर्सा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलीले उल्लेखित नम्बरको ट्याक्टरहरूलाई रोक्ने क्रममा दुबै ट्याक्टरको चालकहरू फरार भएको हुँदा उक्त ट्याक्टरहरूलाई लोड रहेको मालबस्तुहरू सहित नियन्त्रणमा लिएको छ । ना.७ त ५२५१ नम्बरको ट्याक्टरमा चामल ८० बोरा प्रति बोरामा ६० के.जी.को दरले ४८०० के.जी.,
धान ७१ बोरा प्रति बोरा ५५ के.जी.को दरले ३९०५ के.जी.र गहुँ १५० बोरा प्रति बोरा ६० के.जी.का दरले ९००० के.जी.उल्लेखित नम्बरको ट्याक्टर, जडान गरेको टेलर सहित रु.१५,२६,४८०।– (पन्ध्र लाख छबीस हजार चार सय असी ) बराबरका चामल, धान र गहुँ बरामत भएको छ । थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।