• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चर्को ब्याजदरविरुद्ध वीरगञ्ज उद्योग बाणिज्य संघद्वारा आन्दोलनको घोषणा

  • वीरगंज संजाल
  • ११ पुष २०७९, सोमबार १६:३२
  • १६७३

    वीरगंज । बैंकहरुको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको चालू पुँजी कर्जा सम्बन्धी निर्देशिकाको विरोधमा वीरगञ्ज उद्योग वाणिज्य संघले विरोधका कार्यक्रमहरू घोषणा गरेको छ ।

    चालू पुँजी कर्जा सम्बन्धी निर्देशिका २०७९ ले मुलुकमा आर्थिक संकटको प्रभाव गम्भीर रुपमा पारेको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघले आज नेपाल राष्ट्र बैंक परिसरमा ब्यानर लगाएर विरोध गर्ने जनाएको छ । संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर बैंकले ल्याएको प्रावधानमा राज्य गम्भीर नभएको भन्दै अब आन्दोलनको विकल्प नभएको बताएको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश प्रसाद लाठले बैंकले वर्षमा चार पटक व्यालेन्स सिट मागेर हेरेर मात्रै कर्जा दिने गरेको भएपनि व्यावसायीहरुमाथि शंका गरेर व्यावसायीले कर्जाको दुरुपयोग गर्छ भन्नु दुखद भएको बताएका छन् ।

    कर्जा वाणिज्य बैंकहरुबाट लिने तर, राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई नहेर्ने व्यावसायीहरुलाई मात्रै विभिन्न कारणहरु देखाएर मार्ने काम मात्रै गरेको लाठले बताए । कोरोनाबाट थलिएको व्यापार व्यावसाय केही समयपछि आफ्नो गतिमा फर्किँदै गर्दा रुस–युक्रेन युद्धका कारण इन्धनमा भएको मूल्यवृद्धिले विश्व बजारमा महंगी थप बढेको अवस्थामा राष्ट्र बैंकले चालू पुँजी कर्जा निर्देशिका २०७९ ल्याएर व्यवसायीहरुलाई थप मर्कामा पारेको उद्योगीहरुको भनाइ छ ।

    पूँजी बजार निरन्तर ओरालो लाग्दै गएको, मुलुकभित्र रोजगारका अवसरहरु सृजना हुन नसकेको, पूँजीगत खर्च न्यून रहेको र देशको अर्थतन्त्रलाई धानिरहेको रेमिटान्समा आएको गिरावटले अर्थ व्यवस्था अँध्यारो कोठामा संकुचित हुन पुग्ने वीरगन्ज उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले जनाएका छन् ।

    वीरगञ्ज उद्योग वाणिज्य संघले बैंकहरुको चर्को ब्याज दरलाई एकल विन्दुमा ल्याउनु पर्ने, बैंकको प्रिमियम दर बेस रेटको अधिकतम २० प्रतिशतसम्म थप्न पाउने व्यवस्था हुनु पर्ने, बैंकले कर्जामा बढाएको अव्यवहारिक प्रिमियम रकम फिर्ता गरिनु पर्ने, राष्ट्रिय रुपमा देखिएको आर्थिक तरलतालाई सम्बोधन गरिनु पर्ने सुझावसहितको माग राखेका छन् ।

    त्यस्तै संघले चालू पूँजी कर्जाको मार्ग निर्देशिकालाई तत्कालै लागु नगरी आर्थिक सूचकांकमा अपेक्षित सुधार भए पश्चात् क्रमबद्ध रुपमा लागु गरिनु पर्ने, चालू पूँजी कर्जाको सिमा रकम निर्धारित गर्दा अनुमानित वार्षिक कारोबारको ५० प्रतिशत रकमसम्म कायम गरिनु पर्ने, व्यवसायको प्रकृति हेरेर टि।आर। कर्जाको अवधिलाई ९० दिनबाट बढाएर १८० दिन गरिनु पर्ने लगायतका ६ बुँदे माग राखेका छन् ।

    माग सम्बोधनका लागि सोमबार बिहान उद्योग वाणिज्य संघमा भेला भएर नेपाल राष्ट्र बैंकको वीरगन्ज स्थित कार्यालयमा पुगेर ब्यानर झुण्ड्याउने र विरोध गर्ने कार्यक्रम पनि रहेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । मंगलबार वीरगन्जको आदर्शनगर, माईस्थान लगायतका स्थानमा रहेका पसलहरुलाई झण्डा र कालोपट्टी वितरण गर्ने, बुधबार नेपाल राष्ट्र बैंक अगाडि १ घण्टा धर्नाको कार्यक्रम रहेको उपाध्यक्ष अग्रवालले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑