• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘सामुदायिक शिक्षा बुझेका जनप्रतिनिधि एकजना पनि भेटिनँ’

  • वीरगंज संजाल
  • ११ पुष २०७९, सोमबार १६:२१
  • १७२१

    काठमाडौं । समाजशास्त्री राम गुरुङले धादिङ, लमजुङ र संखुवासभा जिल्लाका सामुदायिक विद्यालयको अवस्था, शैक्षिक गुणस्तर र स्थानीय तहको भूमिका विषयमा अध्ययन गरे । अध्ययनको क्रममा आफूले सामुदायिक विद्यालयहरुको शिक्षा एक प्रकारको गन्जागोलमा रुमल्लिरहेको निष्कर्ष निकाले । त्यसैले उनी भन्छन्, ‘सबभन्दा पहिला त गुणस्तरीय शिक्षाको आधारभूत अवधारणा नै स्पष्ट पार्नुपर्ने देखें मैले ।’

    सरकार, विद्यालय, अभिभावक सबैको बुझाइमा गुणस्तरीय शिक्षाको मापदण्ड नम्बरसँग जोडिएको भन्दै उनले त्यसलाई ‘मूर्ख मापदण्ड’ भनेका छन् । अहिले स्थानीय तहहरुले १८-२० लाख खर्च गरेर बनाएको पाठ्यपुस्तकमा गुणस्तर नभएको र जनप्रतिनिधि पनि सामुदायिक शिक्षा बुझेको नपाएको उनी बताउँछन् ।

    प्रस्तुत छ समाजशास्त्री राम गुरुङसँग उनको अध्ययनको आवश्यकता र निष्कर्षबारे अनलाइनखबरकर्मी नुनुता राईले गरेको कुराकानीको सम्पादित अंश :

    यी तीन जिल्लाका सामुदायिक विद्यालयहरुबारे अध्ययन गर्नुपर्नाका खास कारण के हो ?

    अहिले मावि तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले पाएको छ । प्रदेश र संघीय सरकारले पनि लगानी गरिरहेको छ । यो अवस्थामा प्रगती के भइरहेको रहेछ भनेर म आफैंलाई पनि सामुदायिक विद्यालयहरुबारे चासो लागिरहेको बेला एउटा संस्थाको लागि अध्ययन-रिपोर्ट तयार गर्ने अवसर जुर्यो । त्यसरी धादिङ, लमजुङ र संखुवासभाका केही सामुदायिक विद्यालयमा पुगें ।

    अध्ययनको क्रममा के पाउनुभयो त ?

    अहिले भइरहेका गतिविधिले सामुदायिक शिक्षाको गुणस्तर उकास्ने भन्दा विद्यालयहरुलाई भौतिक रुपमा सुन्दर बनाउने काम गरिरहेको महसुस भयो । विद्यालयहरुबारे जनप्रतिनिधिहरु चिन्तित भएको, शैक्षिक गुणस्तरबारे बहस चलाएको पाइनँ । जनप्रतिनिधिलाई चिन्ता नभएपछि सुधार कसले गर्ने त भन्ने हो ।

    गुणस्तरीय शिक्षाको लागि लगानी त भइरहेको छ नि होइन ?

    नागरिक समाज, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिको गुणस्तरीय शिक्षा सम्बन्धी बुझाइ नै ठूला भवन रहेछ । त्यसैले, शैक्षिक गुणस्तर उकास्ने नाममा आकर्षक भवन, कम्पाउण्ड र गेटहरु बनिरहेका रहेछन् ।

    उहाँहरुलाई के लाग्ने रहेछ भने हाम्रो विद्यालयको यस्तो राम्रो भवन छ, पुस्तकालय छ, हामी राम्रो शिक्षा दिइरहेका छौं । सुविधाको हिसाबले ठूला भवन, पुस्तकालय, कम्प्युटर ल्याब हुनु राम्रो हो, तर सिकाइ वा ज्ञानको दृष्टिले विद्यार्थीले कति सिकेका छन् भन्ने कुरा बढी महत्वपूर्ण हो ।

    २२-२५ वटा कम्प्युटर भएका विद्यालयका बालबालिकाले इमेल आईडी बनाउन जानेका रहेनछन् । यस्तो किन भनेर सोध्दा ‘त्यसको प्रयोग गर्नै परेको छैन’ भन्ने उत्तर पाएँ । जे चिजमा लगानी गर्नुपर्ने हो त्यसमा पैसा पुगिरहेको छैन । थोरै लगानी गर्दा पनि हुने चिजमा अत्यधिक लगानी भइरहेको छ ।

    पाँच वर्षपछि नै विद्यालय बाहिर हुने बालबालिकाको संख्या दोब्बर हुनसक्ने जोखिम देखियो । विद्यालयले आर्थिक हिसाबमा पनि असमानता जन्माउँदैछ
    विद्यालयको पैसा कंक्रिटले खाइदिने अनि शिक्षकलाई तलब दिन, ल्याबको लागि सामग्री किन्न पैसा नहुने । तीन करोडको भवन छ, ल्याब छ तर त्यसभित्र आवश्यक सामाग्री छैन । २५ हजारको प्रोजेक्टर किन्न पैसा छैन । अवस्था यस्तो पाएँ ।

    संखुवासभाको एउटा विद्यालयमा विश्व बैंकको सहयोगमा १२ लाख हालेर किनिएको सफ्टवेयर जोडेकै दिनदेखि प्रयोग नभएको रहेछ । सामुदायिक विद्यालयहरुको शिक्षा एक प्रकारको गन्जागोलमा रुमल्लिरहेको छ । त्यसैले, सबभन्दा पहिला त गुणस्तरीय शिक्षाको आधारभूत अवधारणा नै स्पष्ट पार्नुपर्ने देखें मैले ।

    गुणस्तरीय शिक्षाको अवधारणा अस्पष्ट भएर त्यस्तो भएको होला त ?

    हाम्रो देश अनुसारको अवधारणा छैन । हामी युनिसेफ, वर्ल्ड बैंक लगायत दाताहरुको अवधारणाअनुसार काम गरिरहेका छौं । यही कारण गुणस्तरीय शिक्षाप्रतिको हाम्रो बुझाइ नै गलत छ । भर्ना र पास हुनेको संख्याको आधारमा शिक्षाको गुणस्तर मापन हुँदै आएको छ । सरकारले विद्यालयलाई अनुदान दिने लगायतको कुरा यही आधारमा गर्दै आइरहेको छ ।

    सरकार, विद्यालय, अभिभावक सबैको बुझाइमा गुणस्तरीय शिक्षा नम्बरसँग जोडिएको छ । मेरो बुझाइमा यो मूर्ख मापदण्ड हो । भर्ना र पासको संख्यालाई शैक्षिक गुणस्तरको आधार मान्ने हो भने कक्षा १ मा भर्ना भएदेखि कक्षा १० सम्म पुग्दा कत्ति विद्यार्थीले पढाइ छोडेका छन् भनेर खै छलफल गरेको ?

    भर्ना र परीक्षा नै गुणस्तरको धोतक हो भन्ने बुझाइको शिक्षाले शिक्षित नभएर साक्षर मात्रै बनाउने हो । हिजो पढेर रोजगार हुन्थे, आज पढेर बेरोजगार भइरहेका छन् । अर्थात्, हाम्रो शिक्षाले गरिखाने बनाउँदैन ।

    हामी विद्यालय जानु-आउनुलाई शिक्षा भनिरहेका छौं । समस्या कहाँ छ भनेर विद्यालयलाई नै थाहा छैन । अर्थात्, गुणस्तरीय शिक्षाको आधारभूत अवधारणामा नै द्विविधा छ ।

    स्थानीय तहहरुले पाठ्यक्रम पनि बनाइरहेका छन् । कस्तो रहेछ स्थानीय पाठ्यक्रम ?

    मैले अध्ययन गरेको विद्यालयहरुमा स्थानीय तहले बनाएको पाठ्यक्रम अनुसार पढाइ भइरहेको रहेछ । मैले सरसर्ती हेर्दा स्थानीय तहहरुले १८-२० लाख खर्च गरेर बनाएको पाठ्यपुस्तकमा डाँडापाखा, खोला, झरना, मन्दिर आदिका कथानक बाहेक केही पाइनँ । अर्थात्, ती पुस्तकमा हुनुपर्ने गुणस्तर छैन । आफ्ना चिनारुलाई शिक्षाविद बनाएर तयार पारिएका त्यस्ता पुस्तकले गुणस्तर धान्ने कुरै भएन ।

    अधिकांश सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर उकास्न भनेर अंग्रेजीलाई माध्यम भाषा बनाइरहेका छन् । तपाईंले कस्तो पाउनुभयो ?

    अंग्रेजी र नेपाली माध्यममा पढाउने थुप्रै विद्यालय रहेछन् अहिले । यसले बालबालिकाको मनोविज्ञानमा गहिरो असर गरिरहेको देखें । एक थरीलाई जान्ने र अर्को थरीलाई नजान्ने हुँ भन्ने खालको बोध गराइरहेको छ । यसो गर्नु भनेको विद्यालयले नै आर्थिक वर्ग उत्पादन गर्नु सिवाय केही होइन ।

    अंग्रेजीमा लेख्न वा बोल्न जान्ने ठूला हुन्छन् भन्ने भ्रमलाई अझ बलियो बनाउँदै लगिएको छ । बालबालिकालाई यो भ्रमबाट मुक्त गराउने प्रयास भएको छैन । माधवप्रसाद घिमिरेका कविता अंग्रेजीमा उल्था गरेर पढाउने काम भइरहेको छ ।

    यसले अंग्रेजी भाषा बुझ्न सिकाउनु बाहेक केही गर्ने होइन । त्यसमा पनि विश्वस्त हुने आधार छैन, किनकी पढाउने तीनै शिक्षकले हुन् । उनीहरुले बनाएका अंग्रेजी प्रश्नपत्र सार्वजनिक भइरहेकै छन् ।

    सामुदायिक विद्यालयले कसरी आर्थिक वर्ग निर्माण गर्दैछ ?

    संविधान कार्यान्वयन गर्ने क्रममा सामुदायिक विद्यालयहरुलाई आफ्नै ढंगले चल्न सक्नेगरी विकेन्दि्रकृत बनाइयो । अर्थात्, आर्थिक व्यवस्थापनको निर्णय गर्न सक्ने स्वायत्तता दिइयो । यो व्यवस्थामा आम भेलाले निर्णय गरेको अवस्थामा विद्यालयले आर्थिक सहयोग संकलन गर्न सक्छ । आवश्यकताको आधारमा आन्तरिक स्रोतबाट करारमा शिक्षक नियुक्त गर्न सक्छ ।

    यो व्यवस्थालाई विद्यालयहरुले यसरी दुरुपयोग गरिरहेका रहेछन् कि उनीहरु चार वर्षको अवधिमा करोडौं रुपैयाँ बचत गर्ने हैसियतमा पुगेका छन् । अंग्रेजी र अरु विभिन्न प्राविधिक विषय पढाउने शिक्षक राख्ने निहुँमा अभिभावकबाट शुल्क लिइरहेका छन् ।

    ठूला र राम्रा भनिएका विद्यालयहरु पूर्णरुपमा व्यवसायीक भइसकेका छन् । त्यसले अबको दश वर्षमा दिने प्रतिफल डरलाग्दो छ । जस्तो- एउटा घरका दुईजना छन् भने प्रतिविद्यार्थी १५ सयले मासिक ३ हजार तिर्नुपरयो । त्यो तिर्न नसक्ने अभिभावकको बच्चा विद्यालय छोड्न बाध्य हुन्छन् ।

    भनेको, अभिभावकको क्षमताभन्दा बाहिर गएर सामुदायिक विद्यालयले आर्थिक सञ्चालन गरिरहेको छ । पाँच वर्षपछि नै विद्यालय बाहिर हुने बालबालिकाको संख्या दोब्बर हुनसक्ने जोखिम देखियो । विद्यालयले आर्थिक हिसाबमा पनि असमानता जन्माउँदैछ ।

    विद्यालय व्यवस्थापन समितिहरुको भूमिका चाहिँ कस्तो पाउनुभयो ?

    विद्यालय व्यवस्थापन समिति राजनीतिक दलहरुको सिन्डिकेटको रुपमा स्थापित भइसकेको रहेछ । विद्यालय व्यवस्थापन अभिभावकको स्वायत्तमा गयो भने होइन रहेछ । विद्यालय व्यवस्थापन समितिहरुमा राजनीतीकरणको अर्को रुप प्रकट भएको छ ।

    समितिले पाठ्यक्रम बनाउन, पाठ्यक्रम खारेज गर्न, करारमा शिक्षक राख्न, शिक्षक निकाल्न सक्ने आफ्नो अधिकारलाई निष्पक्ष रुपमा सम्हाल्न सकेको रहेनछ । राजनीतिक आस्थाको आधारमा शिक्षाविद् छान्ने, त्यसैगरी शिक्षक भर्ना गर्ने । थोरै नम्बर ल्याएका, अन्य क्षेत्रमा योग्य नठहरिएकाहरुलाई राजनीतिक आस्था वा पहुँचको आधारमा शिक्षक नियुक्त गरिएको छ ।

    सामुदायिक शिक्षाको गुणस्तर उकास्न जनप्रतिनिधि सचेत छैनन् ?

    मैले यसबीचमा थुप्रै जनप्रतिनिधिसँग कुरा गरें तर सामुदायिक शिक्षामा समस्या छ भनेर बुझेका वा सुधारका लागि काम गर्नुपर्छ भन्ने सोच भएका एकजना पनि भेटिनँ । यद्यपि, सामुदायिक विद्यालयको शिक्षाप्रति गम्भीर जनप्रतिनिधि नभेट्नु मेरै कमजोरी पनि हुनसक्छ ।

    त्यसो भए अब गुणस्तर सुधारका लागि के गरिनुपर्छ ?

    अहिले देखिएको समस्याको अनेक कारण छन् । अब संघीय कानुन बनाउँदा स्थानीय तहको ‘रिफ्रेन्स’ बनाउनुपर्छ । तीनवटै तहमा बहस, छलफल हुनुपर्छ । अहिले भएका कानुनका छिद्रहरु खोज्नुपर्छ ।

    अहिले गाउँपालिकाकै शिक्षकहरु बसेर पाठ्यक्रम बनाएका छन् । ती शिक्षक कति योग्य हुन्, प्रश्न गर्नुपर्छ । त्यसको लागि पनि नीति नै बनाउनुपर्छ । कम्तिमा पाठ्यक्रम के हो, विद्यार्थीको सिकाइसँग यसको के सम्बन्ध रहन्छ भन्ने बुझेको त हुनुपर्छ नि ।

    केही समय अघि एउटा गाउँपालिकाको १४ जना शिक्षकले ४६ विद्यालय एकापसमा मर्ज गर्नुपर्छ भन्ने रिपोर्ट बनाउनुभएको थियो । ती विद्यालय गाभिदा १५ मिनेट हिँडेर जाने विद्यार्थीहरुले कम्तिमा ४० मिनेट हिँड्नुपर्ने रहेछ । पाँच वर्षको बालक कसरी एक घन्टा हिँडेर पढ्न जान्छ ? यो विषयमा गम्भीर भएर काम गर्नुपर्ने देखिन्छ ।

    हो, विद्यार्थी कम र शिक्षक धेरै हुँदा आर्थिक भार पर्छ, तर मर्ज गर्ने नाममा बालबालिकाको पढ्ने अधिकार हननु हुनुहुँदैन । बरु पाँच कक्षासम्म सबै विषय पढाउन सक्ने एक शिक्षक राखौं न । त्यसबापत उनलाई ‘इन्सेन्टिभ’ दिउँ । त्यसले शिक्षकलाई काम गर्ने ऊर्जा दिन्छ । घर नजिकै पढिरहेका बालबालिकाले पनि टाढाको विद्यालय जान वा पढाइ नै छोड्नुपर्दैन ।

    यी कुरा समेटिने गरी संघीय कानुन बनाउनुपर्छ । अब जनप्रतिनिधिले त्यो भूमिका खेल्न सक्छ । सांसदहरुले गर्ने नै त्यही हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑