• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा डिभोर्सका घटना चार गुणाले बढ्यो

  • वीरगंज संजाल
  • १० पुष २०७९, आईतवार १३:३७
  • १५४१

    वीरगंज । पर्सामा वर्षेनी सम्बन्ध विच्छेद (डिभोर्स) को घटना बढ्दो क्रममा रहेको छ । मधेसी समुदायमा विवाहिता महिला माथि हुने घरेलु हिंसा , उमेर नुपुग्दै अभिभावकको करकापमा हुने विहे र वैदेशीक रोजगारी लगायतका कारणले पर्सामा पति पत्नि बिचको सम्बन्ध विच्छेद (डिभोर्स)का घटना वर्षेनी बढदै गएको पाइएको छ । पर्सा जिल्ला अदालतमा आर्थिक वर्ष २०७०/०७१ मा ६० वटा मुद्धा मात्र दर्ता भएकोमा गत आर्थिक वर्ष २०७८/०७९ मा भने त्यसको चार गुण बढि अर्थात २५८ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको छ । आर्थिक वर्ष २०७० यता हरेक आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्धा दर्ताको संख्या निरन्तर बढ्दो क्रममा रहेको जिल्ला अदालत पर्साका रजिष्टार अरुण कोइराला बताउछन् । नका अनुसार , जिल्ला अदालतमा आर्थिक वर्ष २०७१/०७२ मा १३३ वटा, आर्थिक वर्ष २०७२/०७३ मा १५१ वटा, आर्थिक वर्ष २०७३/०७४ मा १७९ वटा, आर्थिक वर्ष २०७४/०७५ मा १२५ वटा, आर्थिक वर्ष ०७५/०७६ मा २२० वटा, आर्थिक वर्ष ०७६/०७७ मा १६३ वटा र आर्थिक वर्ष २०७७/०७८ मा १८३ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् । पर्सा जिल्ला अदालतले उपलब्ध गराएको विगत ९ वर्षको तथ्याङकले नै वर्षेनी सम्बन्ध विच्छेदको घटना बढ्दै गएको पुष्टि भएको हो ।

    सम्बन्ध विच्छेदका घटना बढ्नुमा कुनै एउटा विशेष कारण मात्र नभइ धेरै कारणहरु रहेको याहाका कानून व्यवसायी (अधिवक्ता) हरु बताउछन् । ती मध्ये पहिलो कारण मधेसी समुदायमा परवारकै सदस्यबाट हुने घरेलु हिंसा सम्बन्ध विच्छेदको पहिलो कारण भएको अधिवक्ता वीरेन्द्र प्रसाद यादव बताउछन् । यादव भन्छन्,‘ मधेसी समाजमा पहिले पहिले बुहारीहरु सासु ससुराको कडा परिबन्धमा घरभित्रै बस्नु पर्ने चलन थियो , तर अहिले समय फेरिएको छ , मधेसका छोरीचेली शिक्षित र सचेत हुदै गएका छन् , विहे भएर घरमा जादा सासु ससुराको पुरातनवादी सोचमा बस्न चाहदैनन् जसका कारण परिवार भित्रै द्वन्द्ध हुन्छ , अनि उ माथि हिंसा पनि हुन्छ , त्यो सह्य नभएर बुहारीहरुले माना चामलको माग गरेर अदालतमा डिभोर्सका लागि मुद्धा दिने संख्या बढ्दै गएको छ । अदालतमा पछिल्ला केहि वर्ष यता अदालती विवाह दर्ता (कोर्ट म्यारिज) भन्दा डिभोेर्स (सम्बन्ध विच्छेद) का मुद्धाकाे संख्या बढेको पनि यादव बताउछन् । उनि भन्छन् ‘ अदालतमा जति कोर्ट म्यारिज भइरहेको छैन , त्यो भन्दा बढि त डिभोर्सका मुद्धा आइरहेको छ ।

    यसका साथै छोराछोरीको उमेर नपुग्दै अभिभावकले करकापमा विहे गरिदिने गरेका कारण पनि पर्सामा वर्षेनी सम्बन्ध विच्छेदका घटनामा बृद्धि हुदै गएको रजिष्टार कोइराला बताउछन् ।उनि भन्छन् ,‘ उमेर नपुग्दै अभिभावकको करकापमा विहे गरिन्छ , महिला घरमै बस्छन तर पुरुषहरु अध्ययन वा कामको शीलशीलमा बाहिर लामो समय सम्म बस्छन् , पुरुषहरुको अन्य युवती वा महिलासंग सम्बन्ध नजिकिन्छ अनि पुरुषहरु अर्को विहे गर्ने निर्णयमा पुग्छन् , यो कारणले पनि अधिकांश सम्बन्ध विच्छेद हुने गरेको छ । मधेसमा कम उमेरमै विवाह हुनु र पछि उमेर परिपक्व हुदै गएपछि एकले अर्कालाइ मन नपराउने कारणले पनि सम्बन्ध विच्छेद गर्ने प्रवृति बढ्दै गएको अधिवक्ता यादव पनि बताउछन् । वैदेशिक रोजगारीका कारण पनि पति पत्नि बिच सम्बन्ध विच्छेद हुने गरेको अदालतका श्रेस्तेदार कोइराला बताउछन् । उनि भन्छन् ,‘ विवाहित पुरुषहरु बैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै पति पत्निका सम्बन्धमा समेत नकारात्मक प्रभाव पर्ने गरेको छ , जुन अन्तत सम्बन्ध विच्ेछदकै विन्दुमा पुगेर टुंगीने गरेको छ ।बैदेशीक रोजगारीमा दुइ तीन वर्ष बिताएर घर फर्कने पुरुषले पत्निको आचरण माथि शंका गर्नु, पति विदेशमै रहेका बेला पत्निको परपुरुषसँग सम्बन्ध जोड्नु जस्ता कारणले गर्दा पनि सम्बन्ध बिच्छेद गर्ने दम्पतिहरुको सख्या बढदै गएको अधिवक्ता यादवको तर्क छ ।
    साभाल : मधेसखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑